×

खानेपानी कार्यालयका सिनियर प्लम्बर गणेशबहादुर खुलाल घुससहित पक्राउ

images

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महाङ्काल शाखामा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलाल घुस रकमसहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु पाँच हजार घूस लिएकै अवस्थामा उनलाई पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए । 

सिनियर प्लम्बर खुलालमाथि थप अनुसन्धान भइरहेको आयोगले बताएको छ । 

मङ्गलबार ३१ साउन २०७९ ०९:१६ PM मा प्रकाशित

प्रतिक्रिया