काठमाडौं । वणिज्य बैंकहरूले पुस महिनामा मात्रै ९९ अर्ब निक्षेप संकलन गरेका छन् ।
पुसको अन्तिम सातासम्म वणिज्य बैंकहरूमा नेपाली मुद्राको निक्षेप ४२ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ ।
पुसको पहिलो साता २ अर्ब निक्षेप संकलन भएकामा दोस्रो साता ४ अर्बले घटेको थियो । तेस्रो सातामा १४ अर्ब, चौथो साता ५९ अर्ब र अन्तिम साता १७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको नेपाल बैंकर्स संघले जनाएको छ ।
यस्तै पुस महिनामा वणिज्य बैंकहरूले ५८ अर्ब कर्जा प्रवाह गरेका छन् । पुसको पहिलो साता २ अर्ब, दोस्रोमा ३ अर्ब, तेस्रोमा ११ अर्ब, चौथो साता ८ अर्ब र अन्तिम साता ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।
वाणिज्य बैंकहरूले पुस मसान्तसम्मा नेपाली मुद्रामा कुल ४० खर्ब ३७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
पुस महिनामा विदेशी मुद्राको निक्षेप ४ अर्ब रुपैयाँले घटेको छ भने कर्जा प्रवाह ३२ अर्बले घटेको छ
प्रतिक्रिया