बुधबार, असार २ २०७८ ०८:०५ PM

×

रसियाले नेपालबाट आफ्नो नागरिकको उद्धार गर्दै,मंगलबार रसियन एयर आउने

images

काठमाडौं । आफ्ना नागरिकहरुलाई लिन मंगलबार रसियन एयरलाइन्स नेपाल आउने भएको छ । पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) को संक्रमणदर बढिरहेको र मृतकको संख्या पनि बढ्दै गएपछि युरोपियन मुलुकले आफ्नो नागरिकहरुलाई उद्धार गर्न लागेको हो ।

सरकारले जारी गरेको निषेधाज्ञासँगै युरोपेली मुलुक रसियाले आफ्नो नागरिक लिनका लागि मंगलबार रसियन एयरलाइन्स नेपालमा आउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

सो एयरलाइन्स मंगलबार राती करिब ११ बजे नेपालबाट उडान गर्ने तालिका तय भएको जनाएको छ । रसियनहरु २०० भन्दा बढी नेपालमा रहेका छन् । यस अघिको बन्दाबन्दीको बेला पनि सो मुलुकले आफ्नो नागरिकको उद्धार गरेको थियो । यस्तै अमेरिकाले पनि आफ्नो नागरिकहरुलाई उद्धार गरिरहेको छ ।
 

सोमबार ३ जेठ २०७८ ०८:५६ PM मा प्रकाशित

प्रतिक्रिया