×

एनएमबी हाइब्रिड फन्ड एल–१ को खुद सम्पत्ति मूल्य ३ रुपैयाँ ७६ पैसाले घट्यो

images

काठमाडौं । एनएमबी म्युचुअल फन्डअन्तर्गत एनएमबी क्यापिटल लिमिटेड योजना सञ्चालनमा एनएमबी हाइब्रिड फन्ड एल–१, एनएमबी फिफ्टी र एनएमबि सरल बचत फन्ड–ईले आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण प्रकाशित गरेको छ । 

एनएमबी हाइब्रिड फन्ड एल–१ को गत आर्थिक वर्षमा प्रतिइकाई खुद सम्पत्ति मूल्य १३ रुपैयाँ १३ पैसा कायम रहेको छ । अघिल्लो वर्ष यस फण्डको प्रतिएकाइ खुद सम्पत्ति मूल्य १६ रुपैयाँ ८९ पैसा कायम रहेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद सम्पत्ति ३ रुपैयाँ ७६ पैसाले घटेको छ । 

त्यस्तै, एनएमबि फिफ्टी को २०७९ आसारमा प्रतिइकाई खुद सम्पत्ति मूल्य १३ रुपैयाँ २८ पैसा कायम रहेको छ । अघिल्लो वर्ष यस फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य १८ रुपैयाँ ९६ पैसा कायम थियो । 

एनएमबी म्युचुअल फन्डअन्तर्गतको चौथो म्युचुअल फन्ड योजना ‘एनएमबि सरल बचत फण्ड–ई’ रहेको छ । विगत ९ महिनादेखि सञ्चालनमा रहेको यस योजनाको २०७९ असारमा खुद सम्पत्ति मूल्य ९ रुपैयाँ ११ पैसा कायम रहेको छ ।

साथै एनएमबी क्यापिटल लिमिटेडको पाँचौं म्युचुअल फन्ड योजना ‘एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२’ २०७९ साउन २६ गतेदेखि निष्कासन भइरहेको छ ।  सो योजनाको म्युचुअल फन्ड एकाइमा आवेदन दिने म्याद थप गरिएको छ । योजनामा भदौ ९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ ।


 

बुधबार १ भदौ २०७९ ०३:३५ PM मा प्रकाशित

प्रतिक्रिया