×

अब ‘बेकरिज द केक सप’ शंखमूलमा, फ्रेन्चाइज अवधारणामा प्रमुख सहरहरूमा विस्तार गर्ने 

images

काठमाडौं । झापाको बिर्तामोडमा यसअघि सञ्चालनमा आएको ‘बेकरिज द केक सप’ को उद्योग र आउटलेट काठमाडौंमा पनि खुलेको छ ।

युवा उद्यमीहरूको लगानीमा काठमाडौंमा खुलेको उक्त उद्योग र आउटलेटमा ५० लाखको हाराहारीमा लगानी गरिएको छ ।यो सपमा चर्चित युवा व्यवसायीद्वय दिपेन्द्र राउत र सञ्जय महासेठले सञ्चालनमा ल्याएका हुन् । काठमाडौंको शंखमूलमा खोलिएको उक्त सपको उद्घाटन चर्चित गायक प्रमोद खरेलले गरेका छन् । 

‘फ्रेन्चाइज’ अवधारणामा सञ्चालनमा ल्याइने ‘बेकरिज द केक सप’ को यो पहिलो आउटलेट हो । आउटलेटसँगै स्थापना गरिएको उद्योगमा उत्पादित सामग्रीहरू अन्य आउटलेटमा उपलब्ध गराउने सञ्चालक दिपेन्द्र राउतले जानकारी दिए । 

हाल काठमाडौं उपत्यकाका मुख्य चहलपहल भएका विभिन्न स्थानमा खोलिने आउटलेटलाई पुग्ने क्षमताका आधुनिक मेसिनहरूद्वारा केकजन्य सामग्री उत्पादन गरिने सञ्चालक राउतले बताए । ‘तत्काल काठमाडौंमा ५० सम्म आउटलेटलाई धान्ने क्षमताका पूर्वाधार र जनशक्ति हामीले तयार गरेका छौं ।’ सञ्चालक राउतले भने, ‘आवश्यकताअनुसार उद्योगको क्षमता र जनशक्ति थप्दै लगिनेछ ।’

पछिल्लो समय बर्थ डे, म्यारिज एनिभर्सरीलगायत सबै अवसरहरूमा केकको प्रयोग बढ्दै गएको छ । यस्तो अवस्थामा गुणस्तरीय र ब्रान्डेड केक उपभोक्तामाझ पुर्याउने अवधारणबाट यो केक सपको स्थापना गरिएको छ । ‘नेपालमा केकको वास्तबिक स्टेन्डर्डराइजेसनको पहिचान हामी दिँदै छौं ।’ सपका अर्का सञ्चालक सञ्जय महासेठले भने, ‘हामीले उत्पादन गर्ने केकको ब्रान्डलाई  अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (आईएसओ) बाट प्रमाणित गर्दै छौं ।’ 

यस्तो गुणस्तरीय ब्राण्डेड केकलाई काठमाडौं उपत्यकाभित्र अर्डर भएको १ घण्टामै डेलिभरिको व्यवस्था समेत मिलाइएको सञ्चालक महासेठले जानकारी दिए । केक प्रयोगको क्षेत्र र डिजिटल माध्यम प्रयोगको क्षेत्रमा ठूलो ग्याप उनले बताए । यो दुई क्षेत्रको देखिएको लामो ग्यापलाई शून्य पार्ने गरी केक अर्डरमा आफूहरूले भरपुर डिजिटल प्रविधि प्रयोगमा ल्याइएको सञ्चालक महासेठले जानकारी दिए ।

काठमाडौंमा तत्कालै २० वटा आउटलेट स्थापना गर्ने र त्यस लगतै पोखरा, नेपालगञ्ज र हेटौंडामा सेवा विस्तार गर्ने योजना रहेको सञ्चालक महासेठले सुनाए । ‘वेकरिज द केक सप’को ब्रान्डेड केक प्रयोगले अवसरहरूलाई थप उल्लासमय बनाउन मद्दत पुग्ने विश्वास यो सपका सञ्चालकले लिएका छन् । 

यो सपले ‘वी सेलेब्रेट युयोर ह्यापीनेस’ स्लोगन तय गरेर सेवा सुरु गरेको हो । ‘बेकरिज द केक सप’ मा बेकरीसम्बन्धी सम्पूर्ण परिकारहरू उपलब्ध हुनेछन् । यो केक सपले फ्रेस, गुणस्तरीय, उत्कृष्ट र प्रविधियुक्त सरल सेवालाई उच्चप्राथमिकतामा राखेको जनाएको छ ।  

साे सपमा ‘टिक टक’ प्रेमीहरूलाई लक्षित गरी फोटो तथा भिडियो सुटका लागि उत्कृष्ट डेकोरेसनको समेत व्यवस्था गरिदिएको छ । यसैबीच काठमाडौं गैरीगाउँ निवासी महेन्द्र कार्कीले आजै परेको जन्मदिन सोही सपमा मनाएका छन् ।    

‘बेकरिज द केक सप’ले कफी बनाउने (बारिस्टा) को तालिम समेत चाँडै थाल्ने जनाएको छ ।  वारिष्टा कफी स्कुलमा भने विदेश जाने तथा स्वदेशमै स्वरोजगार वन्न कफी तालिम लिन चाहनेहरूका लागि लक्षित हुनेछ । बेसिक १५ दिने र एड्भान्स ३५ दिने कफी बनाउने तालिम उपलब्ध गराउने सञ्चालक राउतले जानकारी दिए ।
 

बुधबार १ भदौ २०७९ ०४:४२ PM मा प्रकाशित

प्रतिक्रिया