×

सहकारी डुब्न थालेपछि विभागले लगानी गर्न लगायो रोक

images

काठमाडौं । सहकारी विभागले तत्काल प्रतिफल आउने र स्थिर सम्पत्ति (घरजग्गा) मा लगानी नगर्न सहकारी संस्थाहरूलाई निर्देशन दिएको छ । सहकारी संस्थाहरूले तत्काल प्रतिफल आउने र घरजग्गा कारोबारमा जथाभावी लगानी गरेर डुब्न थालेपछि  विभागले लगानी नगर्न निर्देशन दिएको हो ।  

पछिल्लो समय सहकारी एकाएक फ्रहार हुने र डुब्ने अवस्थाले गर्दा जथाभावी लगानी नगर्न निर्देशन दिएको विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले बताए ।  हालै मात्र गौतमश्री सहकारी निक्षेकर्ताको अर्बो कुमल्याएर अध्यक्ष र सञ्चालक प्रहार छन् । 

सहकारीका निक्षेपकर्ताको अर्बो रुपैयाँ जोखिम देखिएपछि सहकारी विभागले कडाई गर्न थालेका छ । सहकारी संस्थाहरू डुब्दै जानथालेपछि निक्षेपकर्ताले संस्थाका निक्षेपकर्ताले पैसा झिक्न थालेका छन् । बचत हतार–हतार झिक्न आउनेको भीड बढ्न थालेपछि सहकारीहरू दबाबमा परिरहेका छन् ।

छिटोछिटो बढी नाफा कमाउने लोभमा परेर सहकारी संस्थाहरूले घरजग्गा र सेयरमा जथाभावी लगानी गर्दा संस्था नै टाट पल्टिँदै गएका छन् । बचतकर्ता र सेयर सदस्यहरूको पैसा लिएर सञ्चालकहरू नै फरार हुने क्रम बढेपछि विभागले आफ्नो ध्यानकर्षण भएको भन्दै निर्देशन जारी गरेको छ ।  
 

बुधबार १ भदौ २०७९ ०३:४६ PM मा प्रकाशित

प्रतिक्रिया