×

ब्याजदर वृद्धि अल्पकालीन मात्र हो, वर्षभरि जाँदैन  

images

ब्याजदर बढ्न थालेको छ । अहिलेको अवस्थामा ब्याजदर बढ्नुपर्ने वा नबढ्नुपर्ने,  ब्याजदर वृद्धि ठीक हो वा होइन भन्ने कुरा आँकडाहरूबाट हेर्नुपर्ने हुन्छ । बैंकिङ क्षेत्रमा अघिल्लो वर्ष ९ सय अर्ब रुपैयाँ कर्जा गयो । कोरोनाको दोस्रो लहरका कारण ३ महिना हामीले खासै काम गर्न पाएका थिएनौं । ८ देखि ९ महिनाका बीचमा बैंकहरुबाट धेरै कर्जा प्रवाह भयो । गत वर्षको दोस्रो त्रैमासपछि कर्जाको वृद्धिदर धेरै भएको थियो । 

नेपाल राष्ट्र बैंकले पुँजी, कर्जा, निक्षेप अनुपात (सीसीडी) रेसियो ८५ प्रतिशत असारसम्मलाई कायम गरेको थियो । त्यही भएर कर्जा ह्वात्तै बढ्दै गयो । त्योअनुसारको निक्षेप बढेन ।कर्जाको माग हुँदा ब्याजदर सस्तो खोजिन्छ । निक्षेप बढाउँदा ब्याजदर धेरै खोजिन्छ ।  यसमा सन्तुलन हुन सकेको थिएन । 

त्यसबेला बैंकहरूले विभिन्न किसिमको वित्तीय औजारहरूको प्रयोग गरेको देखिन्छ । वैदेशिक मुद्राको ऋण पनि बढेको छ । केन्द्रीय बैंकले गत वर्ष २० प्रतिशतसम्म ‘टपअप’  गर्न सक्छौं भनेको थियो । ऋण र स्वपुँजी (डेब्ट र इक्विटी)  अनुपातलाई त्यसबेला छुट दिएको थियो । कोभिडबाट रिकभरि हुन आवश्यक परेमा २० प्रतिशत कर्जा ओभर ड्राफ्ट र टर्मलोनमा थप गर्न सकिन्छ भनेको थियो । 

त्यसले गर्दा पनि बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा प्रवाह बढाउन सहजता भयो । जुन रुपमा ऋण लगानी बढ्यो, त्यहीअनुसारको स्रोत परिचालन पुगेन । राष्ट्र बैंकले यो वर्ष पनि कर्जा वृद्धि १९ प्रतिशत हुने भनेको छ । त्यो भनेको करिब ८ सय अर्ब रुपैयाँ कर्जा बढ्नुपर्छ ।

त्यसका लागि स्रोत बढ्नुपर्छ । केन्द्रीय बैंकले सीसीडी रेसियो ८५ प्रतिशत असारसम्म गरेको थियो । असारपछि पनि सीसीडी ८५ प्रतिशत भइरहन्छ भन्ने स्पष्ट थिएन । तर, सीसीडी ८५ प्रतिशत निरन्तर भइरहन्छ भन्ने सोचले बैंकहरूले दिनसक्ने क्षमताभन्दा बढी कर्जा दिए । 

बैंक तथा वित्तीय संस्थाहरुले यो सीमा असार मसान्तसम्म मिलाउनु पथ्र्यो । कोभिडको असर जारी रहेकाले यसको निरन्तरता रहन्छ भनेर बैंकहरूले कर्जा घटाएनन् । त्यसैले यो वर्षको कर्जा जानमा स्रोतको समस्या देखिन थाल्यो । आन्तरिक स्रोत भनेको निक्षेप हो ।

केन्द्रीय बैंकले सीसीडी रेसियो ८५ प्रतिशत असारसम्म गरेको थियो । असारपछि पनि सीसीडी ८५ प्रतिशत भइरहन्छ भन्ने स्पष्ट थिएन । तर, सीसीडी ८५ प्रतिशत निरन्तर भइरहन्छ भन्ने सोचले बैंकहरूले दिनसक्ने क्षमताभन्दा बढी कर्जा दिए । बैंक तथा वित्तीय संस्थाहरुले यो सीमा असार मसान्तसम्म मिलाउनु पथ्र्यो । कोभिडको असर जारी रहेकाले यसको निरन्तरता रहन्छ भनेर बैंकहरूले कर्जा घटाएनन् । त्यसैले यो वर्षको कर्जा जानमा स्रोतको समस्या देखिन थाल्यो । आन्तरिक स्रोत भनेको निक्षेप हो ।

निक्षेप हुन कमाइ पनि बढ्नुपर्छ । कमाइ हुन रोजगारी सिर्जना हुनुपर्यो, व्यापार व्यवसाय चलायमान हुनुपर्यो, सरकारले नयाँ रोजगारीको सिर्जना गर्नुपर्यो । सरकारले निर्माण गतिविधि बढाउनु पर्यो । निर्माण कार्य बढाउँदा सर्वसाधारणको हातमा पैसा पुग्छ । त्यसले ‘मास पब्लिकको’  निक्षेप बढ्छ । अघिल्लो वर्ष कोभिडका कारण बजारमा मान्छे गएनन् । सामान किनेनन् । ‘रिटेल फुटफल’ भएन र पैसा त्यत्तिकै बसिरहेको थियो । 

तर, यो वर्ष कोभिडको संक्रमण घट्न थालेपछि सबै बजार खुल्यो र दसैं पनि आउन लाग्यो । मान्छेको गतिविधि बढ्यो र खर्च हुन थाल्यो । दसैंमा सामान खरिद गर्ने भएकाले यसैलाई लक्षित गरी वस्तु आयात बढ्यो । दसैंमा ४० प्रतिशत कारोबार हुने गरेको छ । दुई महिनाको तलब आएकाले मान्छेले परम्पराका कारणले खर्च गर्ने बेला हो । यो संसारभरि हुन्छ । यसै बेला राजस्व पनि ह्वात्तै बढेको छ । 

उपभोक्ताले गत वर्ष भएको बचत खर्च गरेको, निक्षेप बढाउन रोजगारी सिर्जना नहुने, सरकारको खर्च नहुने प्रवृत्तिले देखियो । अझै पनि सरकारको राजस्वको आधार आयातमा आधारित छ । आयात बढ्ेपछि राजस्व पनि बढ्यो र ढुकुटीमा थन्कियो । अहिले आयात बढेपछि सरकारको राजस्व संकलन पनि वृद्धि भएको छ । यहाँ राजस्व बुझाउन पनि बैंकबाट ऋण लिने गरिन्छ । 

राजस्व तिर्न बैंकबाट ऋण लिनुपर्ने, उपभोक्ताले पनि दसैंका लागि सामान किन्न बैंकबाट पैसा झिक्ने, रोजगारी सिर्जना नहुने यी सबै कारणले गर्दा निक्षेप परिचालनको स्रोत खुम्चियो । तर, भएको सीमित स्रोतलाई सबैतिरबाट च्याप्ने काम भयो । 

यो अवस्थाले गर्दा बैंकहरूलाई ब्याजदर बढाउनु पर्ने अवस्था आयो । अहिले ब्याजदर बढ्न थाल्यो । चालू आर्थिक वर्षमा कर्जाको माग कस्तो रहन्छ त्यो हेर्न बाँकी छ । अहिले क्षणिक रूपमा निक्षेपमा दबाब बढ्ने समय हो । जुनसुकै वर्षमा पनि बैंकलाई यो समयमा दबाब हुने गरेको थियो । अघिल्लो वर्ष कोभिडले भएन । यो वर्ष सुरु भइसक्यो । 

अहिलेको अवस्था हेर्दा ब्याजदर वर्षभरि बढ्ने अवस्था देखिँदैन । कर्जाको माग पनि पोहोर सालको जस्तो हुन्छ भन्ने पनि छैन । पोहोर साल गएको कतिपय कर्जा रिकोभरि योजनामा जानुपर्ने हुन सक्छ । राष्ट्र बैंकले अहिले दिएको सहुलियत अर्को वर्ष निरन्तर हुँदैन । त्यो नभएपछि रिकोभरिमा जानुपर्ने अवस्था पनि आउन सक्छ । यसपछि ब्याजदर सन्तुलनमा आउँछ ।

मेरो आँकडामा ब्याजदर वर्ष दिनभरि बढ्दैन । यद्यपी कर्जाको ब्याजदर बढ्ने संभावना रहन्छ । बैंकहरूको नाफा कमाउने बाटाहरू खुस्किँदै गयो । सेयर बजारबाट पनि बैंकहरूले कमाइरहेका थिए । राष्ट्र बैंकले एक वर्ष नभइकन सेयर बिक्री गर्न नपाइने भन्दै बैंकलाई अंकुश लगायो । यसले गर्दा सेयर बजारमा भएको लगानी अड्कियो । बैंकहरूले सेयरमा करिब २०० अर्ब रुपैयाँ लगानी गरेका छन् । त्यो लगानी सबै त्यतै अड्कियो । लगानी फिर्ता गरेर बजारमा लगाउन नसक्ने अवस्था आयो । यसले पनि बजारमा तरलतामा संकुचन ल्यायो । 

राजस्व तिर्न बैंकबाट ऋण लिनुपर्ने, उपभोक्ताले पनि दसैंका लागि सामान किन्न बैंकबाट पैसा झिक्ने, रोजगारी सिर्जना नहुने यी सबै कारणले गर्दा निक्षेप परिचालनको स्रोत खुम्चियो । तर, भएको सीमित स्रोतलाई सबैतिरबाट च्याप्ने काम भयो । यो अवस्थाले गर्दा बैंकहरूलाई ब्याजदर बढाउनु पर्ने अवस्था आयो । अहिले ब्याजदर बढ्न थाल्यो । चालू आर्थिक वर्षमा कर्जाको माग कस्तो रहन्छ त्यो हेर्न बाँकी छ । अहिले क्षणिक रूपमा निक्षेपमा दबाब बढ्ने समय हो । जुनसुकै वर्षमा पनि बैंकलाई यो समयमा दबाब हुने गरेको थियो । अघिल्लो वर्ष कोभिडले भएन । यो वर्ष सुरु भइसक्यो । 

छोटो अवधिमा सेयर बेचेर बैंकले पैसा निकाल्न सक्थ्यो । सेयर बेच्न नपाउँदा पनि तरलतामा दबाब सिर्जना भयो । यस्ता नीतिले तरलतामा समस्या ल्यायो । त्यहाँ भएको पैसा चलायमान भएन ।  यसले गर्दा नीतिगत व्यवस्थामा हाम्रो कमजोरी देखिएको छ । एउटा घटनालाई हेरेर केन्द्रीय बैंकले नीति बनाउने गरेको छ । तर, त्यसले भविष्यलाई हेरिँदैन । सीसीडीबाट हामीले सीडी ल्यायौं । तर, त्यसमा पूर्णरूपमा नेपाली रुपैयाँमा गएको कर्जालाई मात्र राखेको भए हुन्थ्यो ।

विदेशी मुद्रामा गएको कर्जा पनि राखियो । सीडी कसिलो हुन गयो । विदेशी मुद्राको निक्षेप १२२ अर्ब रुपैयाँ देखिन्छ । तर, राष्ट्र बैंकको नीतिअनुसार गणना गर्न योग्य निक्षेप ४२ अर्ब रुपैयाँ मात्र छ । जबकि कर्जा १५२ अर्ब रुपैयाँ छ । त्यहाँनेर पनि केही ‘फ्रि’ हुने स्पेश थियो । विदेशी मुद्रामा गएको कर्जा पनि जोडिदिनाले बैंकहरुलाई समस्या आयो । 

विदेशी ऋणलाई पनि सीडीमा जोड्नाले त्यहाँबाट १०० अर्ब रुपैयाँ च्यापियो । यता सेयर बेच्न नदिँदा २०० अर्ब रुपैयाँ होल्डमा बस्यो । ३०० अर्ब रुपैयाँ चलायमान हुनसक्ने अवस्था थियो । त्यसमध्ये १०० अर्बलाई कर्जामा मान्दा पनि २०० अर्ब रुपैयाँ सेयर बजारमा गएको लगानीलाई झिक्न दिएको भए बैंकमा तरलताको अवस्था केही सहज हुन सक्थ्यो । 

बैंकहरुले सबै सेयर बेचे भने आपूर्ति बढेर बजार झन तल जान्छ । एक किसिमले हेर्दा बैंकहरूलाई सेयर बेच्न नदिएर बजारलाई व्यस्थित पनि गरेको छ भने तरलताई दबाबमा पनि राखेको अवस्था छ । त्यसैले केन्द्रीय बैंकले भविष्यलाई हेरेर नीति बनाउनुपर्छ । 

हिजो भएको कमीकमजोरीलाई मिलाउने गरी नीति बनाउँदा त्यसले भविष्यलाई असर गर्छ ।  हिजो भएको कमीकमजोरीलाई सुधार गर्नका लागि आगामी दिनको नीति बनाउने गरिएको छ । यो राष्ट्र बैंकको कमजोरी हो । हिजो भएको कुरा बितिसक्यो । हामीले हिजो के गर्यौं भनेर हेरिरहनु पर्दैन । 

जोखिम बढाउने संस्थाहरूलाई कारबाही गर्नुपर्छ । कुनै बैंक तथा वित्तीय संस्थाले उत्तेजित भएर कारोबार गर्छ भने त्यसलाई रोक्नुपर्छ । आजको नीतिले आगामी ५ वर्षमा कस्तो असर पार्छ भन्ने दीर्घकालिन सोच आवश्यक छ । ६ महिनामा ब्याजदर कति बढ्छ र घट्छ भन्नेमा चिन्ता होइन ।

आजको ५ वर्षपछि ब्याजदर के हुन्छ ? भन्नेमा केन्द्रीय बैंक चिन्तित हुनुपर्छ । विश्व बजारमा ब्याजदर घट्दै गएको छ भने हाम्रोमा बढ्दो छ । यस्तो अवस्थामा विश्व बजारसँग हामी प्रतिस्पर्धा गर्न सक्दैनौं । अहिले वस्तु उत्पादन गर्नुभन्दा आयात  गर्दा सस्तो पर्छ । आयात सस्तो हुँदा हामीसँग विदेशी मुद्रा सञ्चिति कम हुन्छ । 

बैंकले असोज १ गतेदेखि ब्याजदर बढाएर १० प्रतिशत पुर्याएभन्दा पनि आर्थिक वर्षको अन्ततिर कति पुर्याउने छन् भन्ने मुल कुरा हो । मैले आजभन्दा ६ महिनाअघि एउटा प्रक्षेपण गरेको थिएँ । अगष्टको अन्तमा आएर ब्याजदर १० प्रतिशतमाथि जाने अनुमान गरेको थिएँ । त्यसबेला ब्याजदरको संरचना कस्तो हुन्छ भन्ने मेरो प्रक्षेपण थियो ।

केही समय ब्याजदर दोहोरो अंकमा पुग्ने संभावना छ । तर, आर्थिक वर्षभरि यही अवस्था रहँदैन । बैंकहरूको औसत स्प्रेडदर राष्ट्र बैंकले तोकेको भन्दा कम अर्थात ३.५ प्रतिशत छ । स्पेश भएकाले बैंकहरूले स्प्रेडदर बढाएर ४.४ प्रतिशत पुर्याउन सक्छन् । ब्याजदर १ प्रतिशत विन्दु त्यसै पनि बढाउन सक्ने देखिएको छ । कर्जामा २ प्रतिशत बढ्यो भने निक्षेपमा १ प्रतिशत मात्र हुन सक्छ ।

केही समय ब्याजदर दोहोरो अंकमा पुग्ने संभावना छ । तर, आर्थिक वर्षभरि यही अवस्था रहँदैन । बैंकहरूको औसत स्प्रेडदर राष्ट्र बैंकले तोकेको भन्दा कम अर्थात ३.५ प्रतिशत छ । स्पेश भएकाले बैंकहरूले स्प्रेडदर बढाएर ४.४ प्रतिशत पुर्याउन सक्छन् । ब्याजदर १ प्रतिशत विन्दु त्यसै पनि बढाउन सक्ने देखिएको छ । कर्जामा २ प्रतिशत बढ्यो भने निक्षेपमा १ प्रतिशत मात्र हुन सक्छ ।

 केन्द्रीय बैंक, बैंक तथा वित्तीय संस्था र मिडियाहरुले अब ब्याजदर बढ्छ भन्ने कुरा बाहिर ल्याए । के–के कारणले तरलतामा ब्लक भइरहेको छ । कुन–कुन चिज फुकाउनु पथ्र्यो भन्नेमा नगई ब्याजदर बढ्छ भन्ने प्रचारमा केन्द्रीय बैंक, बैंक तथा वित्तीय संस्था सबै गयौं । ब्याजदर बढ्छ भनेपछि सबै तयार भए ।  बजारले स्वीकार गर्यो । 
 

शुक्रबार​ १ असोज २०७८ ०७:४८ AM मा प्रकाशित

प्रतिक्रिया