आजदेखि सञ्चलन भए मैतिदेवी–नयाँ बसपार्क रूटमा १७ स्मार्ट बस

गाडीमा डिटिजल कार्डबाट पनि भाडा तिर्नका लागि मेसिनहरु राखिएका छन् भने हाल विद्युतीय टिकेट मेसिनबाट टिकट प्रिन्ट गरेर दिने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ।

मैतिदेवी नयाँ बसपार्क रुटमा २५ गते देखी रुटमा ५० सिटे १७ ठूला बस सञ्चालन हुने भएका छन् । यातायात व्यवस्था विभागले सो रुटमा वैशाखदेखि ठूला बस सञ्चालन गर्ने भनेको थियो । तर, पनि बस आयातमा भएको ढिलाइका कारण सञ्चालन अन्योलमा पर्दै आएको थियो ।

आज सोमबार भोतिक पूर्वाधार तथा यातायात मन्त्री रधुवीर महसेठले उद्धाटन गरे । दिगो सर्बजनिक यातायातका सचिव लालप्रदसाद गुरागाईंका उनका अनुसार यातायात विभागका कारण सो बस सञ्चालन हुन ढिलाई भएको हो ।
नयाँ ल्याएका बसहरुमा जिपिएस जडान गरिएको छ।ट्रयाकिङ सिस्टमले बस कहा आइपुगेको छ भनेर यात्रुहरुले थाहा पाउन सक्छन्।४० सिट क्षमताका बस अपाङ्गमैत्री रहेको कम्पनीको दाबी छ ।

बसको पछाडि गाडी कहाँ कहाँ गुड्छन् भनेर नक्सा राखिएको कम्पनीले जनाएको छ।साथै अगाडि र पछाडि डिजिटल ल्याम्प मार्फत समेत गाडी कहाँ कहाँ चल्छन् भनेर देखाईएको कम्पनीको दाबी छ।

गाडीमा डिटिजल कार्डबाट पनि भाडा तिर्नका लागि मेसिनहरु राखिएका छन् भने हाल विद्युतीय टिकेट मेसिनबाट टिकट प्रिन्ट गरेर दिने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ।

बसभित्र यात्रुको सुरक्षाका लागि दुवैतिर सिसिटीभी क्यामेरा जडान गरिएको छ।यात्रुको मनोरञ्जनका लागि फ्रि वाईफाई ,एलइडी टीभी राखिएको छ।बस फराकिलो हुनुका साथै ह्याङगर स्ट्रयाम्प रहेकाले उभिएर सहजै यात्रा गर्न सकिने कम्पनीको दाबी छ।
गुरागाईंका अनुसार यी बस एयरपोर्ट–सिनामङगल–पुरानो बानेश्वर–मैतीदेवी–डिल्लीबजार¬ रत्नपार्क–लैनचौर–सामाखुसी हुँदै नयाँ बसपार्क पुग्नेछन् ।

फर्किने क्रममा नयाँ बसपार्क–गोंगबु–सामाखुसी–गल्कोपाखा–लैनचौर–जमल–कमलपोखरी ज्ञानेश्वर–मैतीदेवी–पुरानो बानेश्वर–सिनामङ्गल हुँदै एयरपोर्टसम्म पुग्ने बताइएको छ ।