अझै ६९ गाउँपालिका सूचना सञ्चारको पुहँचभन्दा बाहिर, कहिले पुग्ला सबै क्षेत्रमा प्रविधि ?

राजधानीको एक कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले ती गाउँपालिकामा आईसीटीको विकास गर्न कानुनी तथा पूर्वाधारको समस्या भएको जानकारी दिएका हुन् । विद्यमान अवस्थामा देखिएका विभिन्न समस्यालाई समाधान गरेर सूचना प्रविधि (आईसीटी)को विकासमा अगाडी बढ्नुपर्ने उनको भनाइ छ ।

नेपालका अझै ६९ गाउँपालिका सूचना प्रविधिको पहुँचबाहिर छन् । अहिले ती पालिकाहरुमा सूचना प्रविधि नभई टेलिफोनको टावरसम्म उपलब्ध नभएको पाइएको छ ।

राजधानीको एक कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले ती गाउँपालिकामा आईसीटीको विकास गर्न कानुनी तथा पूर्वाधारको समस्या भएको जानकारी दिएका हुन् । विद्यमान अवस्थामा देखिएका विभिन्न समस्यालाई समाधान गरेर सूचना प्रविधि (आईसीटी)को विकासमा अगाडी बढ्नुपर्ने उनको भनाइ छ ।

सरकारले ई–कमर्स, ई–पेमेन्टको योजना अगाडि बढाइरहँदा पूर्वाधारको अवस्था फितलो, कानुनी समस्या, भौगोलिक विकटतालगायतका कारणले सूचना प्रविधिको विकास गर्न चुनौती देखिएको उनको दाबी छ । मन्त्री बास्कोटाले सामुदायिक विद्यायलयमा आईटी शिक्षकको अभाव भएको बताए ।

वर्तमान समयमा सूचना प्रविधिको दुरुपयोग भएको पनि उनको भनाइ छ । फेसबुकमा लाइक र कमेन्ट गर्न मात्र आईसीटीको प्रयोग हुने उनले बताए । दुई वर्षभित्र ती स्थानीय तहमा इन्टरनेटको पहुँच विस्तार गर्ने सरकारको महत्त्वकाङ्क्षी योजनासमेत राखेको छ ।

सरकार स्वदेशमै डिजिटल प्रिन्टिङ सेक्युरिटी प्रेस सञ्चालनका लागि कार्ययोजना बनाएर अघि बढेको छ । त्यस्तै डिजिटल हस्ताक्षरलाई वैधता दिने सन्दर्भमा कानुन निमार्णको तयारी भइरहेको समेत उनको भनाइ छ ।

इपेमेन्ट, डिजिटल हस्ताक्षर लागाएतका कुरा पनि आएका छन् । र डिजिटल हस्तक्षरलाई पनि बैधता दिने कुरा पनि तयार भइसकेको छ । यसको सबैभन्दा बढी लाभ नै निजि क्षेत्रले उठाउने भन्दै उनले सेवाको क्षेत्रमा पनि १० ओटा अनलाइन सेवा थप्ने योजनामा सरकार अघि बढिसकेको बास्कोटाको भनाई छ । ‘हामिले मन्त्रिपरिषद्को बैठक पेपरलेस भयो भनेर मात्र सन्देश दिन खोजेका हौं । अब विस्तार मन्त्रालय बिभाग पनि पेपरलेस हुँदै जानेछन्’ मन्त्री बास्कोटाले भने ।