आठ किलोमिटर पाइप लाइन विस्तार गर्दा, पाँच हजार हरियो रुख काट्नुपर्ने

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यका अनुसार सो पाइप लाइन अमलेखगञ्जसम्म विस्तार गर्दा निकुञ्जभित्रका करीब पाँच हजार हरियो तथा वयस्क रुख काट्नुपर्ने बताए । उनले यसको लागि सङ्घीय सरकारले स्वीकृति दिइसकेकाले वन तथा वातावरण मन्त्रालयले वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदनबारे स्वीकृति दिएपछि रुख काटने प्रक्रिया अघि बढ्ने बताउनुभयो ।