एलआईसीको नाफा ७७ प्रतिशतले घट्यो

कम्पनीले गत आवमा १० करोड ९० लाख रुपैयाँ नाफा कमाएको छ । तर, अघिल्लो आवमा उसले ४८ करोड २९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालको गत आर्थिक वर्षमा ७७ दशमलव ४१ प्रतिशतले नाफा घटेको छ । कम्पनीले गत आवमा १० करोड ९० लाख रुपैयाँ नाफा कमाएको छ । तर, अघिल्लो आवमा उसले ४८ करोड २९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको हाल १ अर्ब ३३ करोड ४६ लाख रुपैयाँ चुक्ता पुँजी छ भने जगेडाकोषमा ६५ करोड १२ लाख रुपैयाँ छ । जीवन बिमा कोषमा ४३ अर्ब २० करोड ८९ लाख रुपैयाँ राखेको कम्पनीको आम्दानी २७ करोड २९ लाख रुपैयाँ पुगेको छ भने खर्च १६ करोड ३९ लाख रुपैयाँ भएको छ ।

खुद बिमा शुल्क १० अर्ब ४० करोड ६२ लाख रुपैयाँ कमाएको एलआईसीको खुद दाबी भुक्तानी २ अर्ब ३३ करोड ८५ लाख रुपैयाँ छ ।

प्रतिसेयर आम्दानी ८ दशमलव १७ प्रतिशत छ भने प्रतिसेयर नेटवर्थ १ सय ५९ रुपैयाँ ३ पैसा छ । कम्पनीको मूल्य आम्दानी अनुपात १ सय ९८ दशमलव ४७ गुणा छ ।