मुलुकी अपराध(संहिता) ऐनको व्यवस्थाप्रति निर्माण व्यवसायी आन्दोलित, सशाेँधन गर्न माग

नेपाल निर्माण व्यवसायी महासंघले समग्र निजी क्षेत्र सहित महासंघको आशालाई कुण्ठित हुने र धराशायी हुने गरी ल्याएको ऐन शंसोधन गर्न माग गरेका हुन ।

सरकारले आगामी भदौ १ गतेदेखि लागू गर्न लागेको मुलुकी अपराध(संहिता) ऐन प्रति निर्माण व्यवसायी आन्दोलित भएका छन । नेपाल निर्माण व्यवसायी महासंघले समग्र निजी क्षेत्र सहित महासंघको आशालाई कुण्ठित हुने र धराशायी हुने गरी ल्याएको ऐन शंसोधन गर्न माग गरेका हुन ।

महासंघका प्रवक्ता बिष्णु बुढाथोकीद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ ‘मुलुकी अपराध (संहित) ऐन, २०७४ को दफा २५० मा भएको व्यवस्था अनुसार एक पक्षीय ढंगबाट हामी निर्माण व्यवसायीहरुलाई पेशाबाट नै पलायन हुनुपर्ने गरी मुलुकी ऐनमा यस्तो व्यवस्था गरिएकाले यथासीघ्र संशोधन गरी कुनै व्यवस्था नगनृ यस महासंघ जोडदार माग गर्दर्छौँ ।’ उल्लेख छ ।

निर्माण कार्य खरिदको सम्झौता भए पश्चात व्यवसायीहरुले कार्य नै नगरेमा, गुणस्तरीय कार्य नगरेमा, समयमै कार्य सम्पन्न नगरेको विषयमा हटाउनुपर्ने बताइएको छ । शतप्रतिशत धरौटी रकम जफत गरिने, कालो सुचीमा राख्ने, ठेक्का सम्झौता अन्त्य गर्ने, मुद्धा चलाउने, कारबाही समयमा बिलको भुक्तानी नगर्ने, रातको समयमा मात्रै ट्रिपर सञ्चालन गर्ने व्यवस्था हटाउनुपर्ने व्यवसायीको माग छ