न्यायका लागि अदालत जाने भइन टेलिकमकी प्रबन्ध निर्देशक कामिनी

उनलाई २०७३ असोज ६ गते तीन वर्षका लागि टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरिएको थियो ।

तत्कालिक टेलिकमकी प्रवन्ध निर्देशक कामिनीराज भण्डारी अदालत जाने भएकी छन् । मन्त्रिपरिषद्ले गरेको उक्त निर्णयले आफू अन्यायमा परेको भन्दै न्यायका लागि अदालत जाने राजभण्डारीले बताएकी छन् ।

उनले आफूले काम गर्दागर्दै पनि समय नपुग्दै पदबाट निकालियको भन्दै अदालतमा रिट दायर गर्ने बताएकी हुन् ।

उनलाई २०७३ असोज ६ गते तीन वर्षका लागि टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरिएको थियो । तथ्यांकलाई आधार मानेर हेर्ने हो भने पनि मेरो समयमा कम्पनीले जुन सफलता हात पारेको छ, त्यो सायदै अगाडि नभएको उनको भनाई छ ।