सर्वोच्च अदालतमा पुगिन् कामिनी

भदौ १ गते दर्ता भएको रिटको पेसी न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा तोकिएको छ ।

टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले सर्वोच्च अदालतमा रिट दर्ता गराएकी छिन् ।

सरकारले पदमुक्त गरेपछि पुनर्बहालीको माग गर्दै राजभण्डारीले अदालतमा रिट दर्ता गरेकी हुन् । कामिनीले नयाँ प्रबन्ध निर्देशक नियुक्तिको प्रक्रिया रोक लगाउन पनि माग गर्दै उनले रिट दायर गरेकी छन् । भदौ १ गते दर्ता भएको रिटको पेसी न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा तोकिएको छ ।

पटक पटक सरकाले उनलाई स्पष्टीकरणपछि मन्त्रिपरिषदको साउन २९ गतेको बैठकले पदमुक्त गर्ने निर्णय गर्दै सरकारले भने नयाँ प्रबन्ध निर्देशक नियुक्तिको प्रक्रिया बढाएको छ ।