×

तीन कम्पनीले ७३ करोडको आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डसँग मागे अनुमति  

images

काठमाडौं । तीन हाइड्रोपावर कम्पनी साधारण सेयर ‘आईपीओ’ निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएका छन् । 
मायाखोला हाइड्रोपावर, भूगोल इनर्जी र मकर जितुमाया सुरी हाइड्रोपावरले आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएका छन् । 

तीनवटै कम्पनीले आयोजना क्षेत्रका वासिन्दा र सर्वसाधारण लगानीकर्ताको लागि आईपीओ ल्याँउन लागेका हुन् । तीनवटै कम्पनीले कुल ७३ करोड १२ लाख रुपैयाँ बराबरको ७३ लाख १२ हजार कित्ता आईपीओ निष्कासन गर्नेछन् । 

मायाखोला हाइड्रोपावरले ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता, भूगोल इनर्जीले १६ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबरको १६ लाख ३२ हजार १६० कित्ता र मकर जितुमाया सुरी हाइड्रोपावरले २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता आईपीओ निष्कासनको लागि बोर्डमा आवेदन दिएका छन् । 

मायाखोला हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल, भूगोल इनर्जीको एनआईसी एसिया क्यापिटर र मकर जितुमाया सुरी हाइड्रोपावरको प्रभु क्यापिटल रहेको छ । 
 

बुधबार ४ जेठ २०७९ ०५:५९ PM मा प्रकाशित

प्रतिक्रिया