बिहीबार, मंसिर १६ २०७८ ०३:१७ PM

×

सुनको मूल्य तोलाको ९१ हजार ३००

images

काठमाडौं । नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ तोकिएको छ । छापावाल सुन दसैँअघि गत असोज २५ गते प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला ९० हजार ८०० मा कारोबार हुनेछ जुन गत सोमबार प्रतितोला रु ९० हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
    
महासङ्घले चाँदीको आजको कारोबार मूल्य प्रतितोला १ हजार २२५ रुपैयाँ तोकेको छ । चाँदी गत सोमबार प्रतितोला रु एक हजार १८० मा कारोबार भएको थियो । रासस

सोमबार १ कात्तिक २०७८ १२:४९ PM मा प्रकाशित

प्रतिक्रिया