जिटुजीमार्फत कामदार लिन मलेसियाले समझदारी पत्रको मस्यौदा पठायो

पाँच संस्थाको खारेजीपछि मलेसिया जाने प्रक्रिया बन्द भएको थियो । कामदार मलेसिया जान बन्द भएपछि नेपाल र मलेसिया सरकारले कूटनीतिक पहल गर्दै जीटुजी माध्यमबाट नेपाली कामदार लैजाने घोषणा मलेसिया सरकारले गरेको थियो । मलेसियाले तीनदिनअघि नेपाललाई सझदारीपत्रको मस्यौदा पठाएको हो ।

मलेसियाले नेपाली कामदार सरकारी स्तरबाट लिनका लागि नेपाललाई श्रम समझदारीको पहिलो मस्यौदा पठाएको छ ।
मलेसिया जाने नेपाली कामदारमाथि विभिन्न संस्था खडा गरी आर्थिक भार पारेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले तीन महिनाअघि बायोमेट्रिक, भीएलएन, माइग्राम्स, वान स्टप सेन्टर र जीएसजीलाई खारेजीको घोषणा गर्दै कारवाहीको दायरामा ल्याएका थिए ।

पाँच संस्थाको खारेजीपछि मलेसिया जाने प्रक्रिया बन्द भएको थियो । कामदार मलेसिया जान बन्द भएपछि नेपाल र मलेसिया सरकारले कूटनीतिक पहल गर्दै जीटुजी माध्यमबाट नेपाली कामदार लैजाने घोषणा मलेसिया सरकारले गरेको थियो । मलेसियाले तीनदिनअघि नेपाललाई सझदारीपत्रको मस्यौदा पठाएको हो ।

‘मलेसिया सरकारले पहिलो मस्यौदा पठाएको छ,’ मन्त्रालयका सहसचिव तथा प्रवक्ता प्रकाश दाहालले क्यापिटलनेपाललाई बताए । ‘नेपाली कामदारलाई सरकारी स्तरबाट मलेसिया पठाउन मलेसियाले मस्यौदा पठाएको छ, अहिले हामी मस्यौदाभित्रका प्रावधान र बुँदाहरुमा छलफल गरिरहेका छौं,’ उनले भने ।

‘मस्यौदामाथि विज्ञहरुसँग छलफल चलिरहेको छ, दुई दिनभित्र मस्यौदाको अध्ययन सकिन्छ,’ दाहालले भने, ‘संशोधन र हाम्रा माग स्पष्ट रुपमा राखेर मलेसिया पठाएपछि ढिलोमा एक महिनाभित्र हस्ताक्षर हुनेछ ।’
मन्त्रालय स्रोतका अनुसार मलेसियाले बङ्गलादेश मोडलमा नेपाली कामदार लिने गरी मस्यौदा पठाएको छ ।