×

प्रविधिमैत्री हुन सकेन 

images

काठमाडाैं । लाइसेन्स लिने प्रक्रियालाई प्रविधिमैत्री बनाउन सकिएको छैन । योसँगै विभागले यातायात कार्यालयहरूलाई स्वतन्त्रता नदिएकै कारण समस्या भएको हो ।

यातायात कार्यालयहरू ट्रायल सेन्टरको क्षमताअनुसार आवेदन दिन नपाउने र यातायात व्यवस्था विभागले कोटा निर्धारण गरेका कारण ढिलाइ हुने गरेको छ । यातायात कार्यालयहरूले लिने लिखित परीक्षा लिनै समस्या हुने गरेको देखिन्छ । ४ देखि ५ सय जनाको लिखित परीक्षा लिन एक दिन लाग्ने भएकाले समय बर्बाद भएको देखिन्छ ।

त्यसैले परीक्षालाई अनलाइनमार्फत गर्ने व्यवस्था गर्नुपर्ने देखिन्छ । यसो हुँदा लिखित परीक्षाका लागि लाग्ने समय र ट्राफिक नआएर परीक्षा स्थगन गर्नुपर्ने समस्यासमेत समाधान हुने देखिन्छ । त्यस्तै, मेडिकल परीक्षा लिँदा १ जनालाई कम्तीमा १० मिनेट लाग्ने भएकाले त्यहाँ धेरै ठूलो समस्या देखिएको छ । हरेक कार्यालयमा आवश्यक डाक्टरहरू राखेर मेडिकल परीक्षा लिने व्यवस्था गर्नुपर्छ । 

ट्राफिक प्रहरीसँगको समन्वय पनि कमजोर देखिएको छ । परीक्षा समयमा ट्राफिक आउने वा नआउने गर्दा कार्यालयले सिफ्टअनुसार कार्य गर्न पाएका छैनन् । त्यति मात्र होइन कर्मचारीहरूलाई अतिरिक्त समयमा काम गरेबापत दिने खाजा र खाना भत्ता पनि १० वर्षअघि बनाएको प्रावधानअनुसार नै भएकाले कर्मचारीहरू प्रोत्साहित हुन सकिरहेका छैनन् । 

पौडेल यातायात व्यवस्था विभागका पूर्वमहानिर्देशक हुन्

मङ्गलबार २ कात्तिक २०७८ १२:२८ PM मा प्रकाशित

प्रतिक्रिया