बिहीबार, मंसिर १६ २०७८ ०३:०७ PM

×

डिजिटल ट्रान्सफर्मेसनमा जान क्लाउड कम्प्युटिङलाई अंगाल्नै पर्छ 

images

१० हजारलाई अहिलेको हाम्रो प्राविधिक पूर्वाधार प्लेटफर्महरूले थेग्न सक्ला । तर, जब हामी लाखौं करोडौंको कन्जुमर बेसमा जान थाल्छौं तब अहिलेको प्रविधिले मात्र काम गर्न सक्दैन । योचाहिँ विश्वभर प्रमाणिक पनि भइसकेको छ । अहिले विश्वका जुनसुकै विकसित मुलुक वा हाम्रै छिमेकी मुलुक भारतलाई हेरौं, सर्भरको प्रविधि एब्सिल्युट भइसकेको छ ।

 क्लाउडमा नगई कुनै विकल्प नै छैन । हामै्र देशमा हेरौं न यातायातको कार्यालय गयो भने सर्भर टाइम बिहान ५ देखि साँझ ९ बजेसम्म रे ! त्यसको अर्थ के भयो त्यो त लाइन बसे जस्तो भयो । प्रहरी रिपोर्ट बनाउनलाई सिस्टम बनाइएको छ तर त्यो पनि बीचमा क्र्यास भइदिन्छ । ई–कमर्स पनि त्यस्तै छ ।

हामी क्यासलेस ट्रान्जेक्सनको कुरा गर्छौं यहाँ तर जब कुनै ई–कमर्सले सेल लगाउँछ तब भुक्तानी प्रणालीको सिस्टम नै क्र्यास भइदिन्छ । यी सबै समस्या किन भइदियो भने हामीले स्थानीय रूपमा पूर्वाधार विकास गर्न खोज्यौं जुन अन्तर्राष्ट्रिय रूपमा नै गलत भनेर प्रमाणित भइसक्यो ।

सुरुवातमा ठीक थियो तर अहिले ठीक छैन भन्दा पनि हामी त्यसैमा जोड गरिरहेका छौं । यहीँ कुरालाई परिवर्तन गर्न पर्यो भनेर डिजिटल ट्रान्सफर्मेसन सोल्युसन कम्पनी जेनेस सोल्युसनले क्लाउड कम्प्युटिङ नेपालमा भित्र्याइरहेका छौं । 

यी जुन लाइसेन्सिङ, यातायात, ई–कमर्स, फिनटेक, बैंकमा क्र्यास हुने समस्या छन् यी अब नहोस् भनेर हामी अगाडि बढेका छौं । अहिले जुमको नाम नसुनेको कोही नि छैन । हामीले स्थानीय पूर्वाधार तयार पार्न खोजिरहेको थियो भने जूम त क्लाउड आधारित प्लेटफर्म, तपाईंहरूले पक्कै प्रयोग गर्नु हुन्न थियो । महामारीको समयमा हामी आफैंले पनि जुम जस्तो स्केलेबल सिस्टम बनाउन सक्ने पनि थिएनौं ।

यी जुन लाइसेन्सिङ, यातायात, ई–कमर्स, फिनटेक, बैंकमा क्र्यास हुने समस्या छन् यी अब नहोस् भनेर हामी अगाडि बढेका छौं । अहिले जुमको नाम नसुनेको कोही नि छैन । हामीले स्थानीय पूर्वाधार तयार पार्न खोजिरहेको थियो भने जूम त क्लाउड आधारित प्लेटफर्म, तपाईंहरूले पक्कै प्रयोग गर्नु हुन्न थियो । महामारीको समयमा हामी आफैंले पनि जुम जस्तो स्केलेबल सिस्टम बनाउन सक्ने पनि थिएनौं ।

हामीले यी कुराहरूबाट सिकेर क्लाउड प्लेटफर्मलाई अंगाल्न प्रयोग गर्न सक्न पर्यो । अहिले नेपालमा यो पाटोमा खासै चासो छैन । अहिले हाम्रो कम्पनीले डिजिटाइजेसन प्रयोग गरी कुनै पनि कम्पनीलाई कसरी स्केलेबल गर्ने र विश्वभर पुर्याउने भन्नेमा केन्द्रित छौं ।

अहिले जेनेस सोल्युसन कमर्सियल सेल्स कन्सल्टिङमा काम गरिरहेका छौं भने जेनेस क्लाउड एकेडेमीले शैक्षिक क्षेत्रमा सुधार गर्न ७ वटा मुलुकमा काम गरिरहेका छौं । बेलायतमा मुख्यालय बनाएर अहिले नेपाल, भारत, पाकिस्तान, बंगलादेश, अष्ट्रेलिया तथा फिनल्यान्डमा काम गरिरहेका छौं । जेनेस क्लाउड एकेडेमीअन्तर्गत अहिले हामीले नेपालको परम्परागत शैक्षिक प्रणालीलाई विस्थापन गर्ने प्रयासमा छौं । 

नेपालमा अहिले हामी प्रविधि तथा इन्जिनियरिङमा १५, २० वर्ष पुरानो पाठ्यक्रम पढाइरहेका छौं । जुन प्रविधि ६ महिनामा पुरानो भइसक्छ त्यो १५ वर्ष पुरानो पढाएर के काम । यसैले हामीले अमेजन एकेडेमी, गुगल एकेडेमी तथा माइक्रोसफ्ट एकेडेमीहरूको पाठ्यक्रम ल्याएर विश्वविद्यालयको शैक्षिक सुधारको क्षेत्रमा काम गरिरहेका छौं ।

उदाहरणका लागि अब पुलचोक एफिलेटेड कलेजहरूबाट जति पनि इन्जिनियरहरू निस्कन्छन्, उनीहरूले अब तीन विषय तीन क्रेडिट आवर गरी जम्मा ९ क्रेडिट आवरको विषय अमेजन एकेडेमीको प्लेटफर्मबाट पढेर निस्कने छन् । यसले गर्दा उनीहरूको एकेडेमिक डिग्री त बलियो हुने नै भयो त्यसबाहेक प्राविधिक ज्ञानको एक्सपोजर पनि विश्वस्तरीय हुनेछ । 

त्यहाँबाट निस्कने सबै इन्जिनियरहरू ग्लोबल स्किल लिएर निस्कने छन् र देश तथा विदेशमा उनीहरूले सहजै पहिचान पाउने छन् । यही कुरामा सहकार्य गराउन पछिल्लो १० दिन यता म नेपालका विभिन्न क्षेत्रहरूमा यात्रा गर्दैछु ।

पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय सबैमा यो प्लेटफर्म इम्बेड गर्न भनेर हामी काम गरिरहेका छौं । जेनेस अमेजन क्लाउडलाई नेपालमा भित्र्याउने कम्पनी हो । जुम, गुगल क्लाउड, फेसबुक तथा लिङ्कइनहरूलाई नेपालमा भित्राउने पहिलो कम्पनी हो ।

अमेजनभन्दा धेरैले नेपालमा प्याकेज डेलिभरि गर्ने ई–कमर्स अमेजन बुझ्छ तर सयौं खर्ब डलरको अमेजन कम्पनीको एउटा सानो व्यापारिक युनिट मात्र हो अमेजन ई–कमर्स जसको ४ सय अर्ब डलरको नेटवर्थ छ । 

यसमा गर्व गर्न लायक कुरा के छ भने नेपालको करिब ३० प्रतिशत डिजिटल्ली इनेबल बिजनेसहरू अहिले अमेजन क्लाउडको सेवा लिइरहेका छन् । जसमा नेपालमा ठूला बैंक, न्युज पोर्टल तथा फिनटेक कम्पनीहरू पर्छन् । 

क्लाउड भनेको के हो ? 

क्लाउड भनेको बादल होइन । क्लाउड भनेको एउटा प्रविधि हो । मैले दुरसञ्चारमा फोन र विद्युत प्राधिकरणमा बिजुलीको महसुल तिर्न जाँदा झ्यालबाट एउटा कम्प्युटरको स्क्रिन देख्थे सबै डेटा रेकर्डहरू त्यसैमा बस्थ्यो ।

तर, समस्या के भयो भने बत्ती गयो सिस्टम चल्दैन थियो, बाढी पहिरो गयो हाम्रो डेटाहरू सबै हराएर जान्थ्यो । सिस्टम तात्दा एसी चलाएर ताप मिलाउनु पर्यो , भूकम्प जान्छ तब सबै कुरा जान्छ । नेपालका लागि यो एउटा निकै ठूलो समस्या हो । 

जब हामी १० हजारबाट १० लाखमा प्रयोगकर्ता संख्या बढेर पुग्छौं तब सिस्टमले धान्दैन । यसरी नधान्ने बित्तिकै यी ठूला अन्तर्राष्ट्रिय कम्पनीहरू माइक्रोसफ्ट, अमेजन, गुगल, अलिबाबा कम्पनीहरूले यो हार्डवेयर बनाउने र मर्मत गर्ने काममा तपाईंहरू दुःख नगर्नुहोस् यसमा हाम्रो ज्ञान पनि छ र प्रविधि मेहनत पनि धेरै लाग्छ यसैले यो पाटोमा हामी काम गरिदिन्छौं तपाईंहरू चाहिँ आफ्नो सर्भिस, एप्लिकेसन र डेटाहरू हाम्रो प्लेटफर्ममा राखिदिनुहोस् र भाडा तिरिदिनुहोस् । 

जब हामी १० हजारबाट १० लाखमा प्रयोगकर्ता संख्या बढेर पुग्छौं तब सिस्टमले धान्दैन । यसरी नधान्ने बित्तिकै यी ठूला अन्तर्राष्ट्रिय कम्पनीहरू माइक्रोसफ्ट, अमेजन, गुगल, अलिबाबा कम्पनीहरूले यो हार्डवेयर बनाउने र मर्मत गर्ने काममा तपाईंहरू दुःख नगर्नुहोस् यसमा हाम्रो ज्ञान पनि छ र प्रविधि मेहनत पनि धेरै लाग्छ यसैले यो पाटोमा हामी काम गरिदिन्छौं तपाईंहरू चाहिँ आफ्नो सर्भिस, एप्लिकेसन र डेटाहरू हाम्रो प्लेटफर्ममा राखिदिनुहोस् र भाडा तिरिदिनुहोस् । 

यसको फाइदाको कुरा गर्दा कम्पनीहरूले आफ्नो डेटा तथा एप्लिकेसन राख्न करोडौं खर्च गरेर जुन हार्डवेयर उपकरण तथा सर्भर ¥याकहरू किन्न पथ्र्यो त्यो किन्न परेन । भाडामा लिएर सेवा लिन सकिन्छ । यसले कम्पनीको पुँजीगत खर्चलाई घटाएर सञ्चालन खर्च मात्र बढाउने काम गर्छ ।

कम्पनीहरू विस्तारी युटिलिटी मोडलमा जान थाले । कम्पनीलाई एउटा सर्भर चाहियो भने भाडामा लिन सक्छ, जुनै आकार जति समयका लागि पनि भाडामा लिन मिल्छ । क्षमता बढाउन, घटाउन सबै गर्न मिल्छ । क्लाउड कम्प्युटिङको अवधारणा नै यहीँ हो । यसले सूचना प्रविधिमा लागेका मान्छेहरूको समय जोगाइदिन्छ । 

अहिले बैंक तथा वित्तीय संस्थामा कतिपय रिसोर्सहरूको काम ७० प्रतिशत समय सर्भर अन भयो वा भएन भनेर हेर्ने मात्र हुन्छ । लाइसेन्स विभागमा लाइसेन्सको म्याद गुज्रिएर नवीकरण गर्न जाँदा आज सर्भर डाउन छ भनेर भनिदिन्छन् भन्नलाई कति सजिलो छ ।

तर, एउटा एयरलाइनमा सर्भर डाउन भयो भने सिङ्गो एयरलाइन सिस्टम नै क्र्यास हुन्छ । यसको समाधान भनेकै क्लाउड कम्प्युटिङ हो । यसलाई हामीले अंगाल्न आवश्यक छ । 

सुरुमा कम्प्युटर तथा हार्डवेयर व्यापारका कुरा थिए तर अब समय त्यो भन्दा धेरै अगाडि गइसक्यो । भारतमा न्यासकम भन्ने छ त्यहाँ अब कम्प्युटरको कुरा छैन, सर्भिस तथा सफ्टवेयर उद्योगको कुरा छ । अहिले हामीले नेपालबाट मानव निर्यात गरिरहेको छ तर अब समय सेवा निर्यात गर्ने बेला भएको छ ।

भारतले जसरी आईसीटी सेवा निर्यात गरी पैसा भित्र्याउँछ । त्यसमा क्यान महासंघका देशभरका संस्थापन सदस्यहरूको ठूलो हात छ । उहाँहरूले कम्प्युटर हार्डवेयर बिक्री गरेर देशको कुना कुनामा पुर्याइसक्नु भएको छ अब सर्भिस क्षेत्रमा प्रवेश गर्न पर्यो । यसले नयाँ विकास ल्याउन सक्छ । 

अहिले भारतमा सिलिकन भ्यालीका सबै जसो कम्पनीहरू छन् । टाटा, इन्फोसिसले भारतमा लाखौं कर्मचारी राखेर काम गरिरहेका छन् । यसैले यो विकास परिवर्तन तपाईंहरूबाट मात्र सम्भव छ । तपाईंहरू केही खुला हुन पर्यो । नेपाल अब सफ्टवेयर ट्रेडिङतिर अग्रसर हुन पर्यो । म आफ्नै कम्पनीको उदाहरण दिन्छु । अहिले हामीसँग डेढसय जना काम गर्नुहुन्छ ।

नेपालको पनि काठमाडौं होइन पोखरा, बुटवल, सुदूर पूर्वपश्चिम बसेर नेपाली इन्जिनियरहरूले वेलायत, क्यानडा, अष्ट्रेलियाका प्रमुख बैंक, न्युजपोर्टलहरूमा सेवा दिइरहेका छन् । 

अहिले नेपालमा हामीले चौधरी ग्रुप, नेपाल टेलिकम, विशाल ग्रुप, नेपाल राष्ट्र बैंक, डब्लूएचओ, बुद्ध एयर, नबिल बैंक, लिपफ्रग टेक्नोलोजी, आईएमएस सफ्टवेयर, सस्तोडिल, पठाओ, देशसञ्चार, ग्लोबल आईएमई बैंक, जलस्रोत तथा सिँचाइ विभाग, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयहरूलाई सेवा दिइरहेका छौं । 

(कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासंघले आयोजना गरेको बीटुबी आईसीटी बिजनेस सम्मेलन २०२१ मा फुयाँलले राखेको विचारको सम्पादित अंश)

शुक्रबार​ ३ मंसिर २०७८ ०६:०० PM मा प्रकाशित

प्रतिक्रिया