सोमबार, माघ ३ २०७८ ०९:३५ PM

×
images

नेवारी समुदायले योमरी पुन्हीः मनाउँदै (फाेटाेफिचर)

काठमाडाैं । नेवार समुदायले मनाउने यःमरि पुन्ही अर्थात् योमरी पूर्णिमा र ज्यापु आज मुलुकभर उल्लासका साथ मनाइँदैछ। हरेक वर्ष धान्य पूर्णिमाको दिनमा काठमाडौं उपत्यका र आसपासका नेवार समुदायले योमरी पुन्हीः मनाउँछन् ।

काठमाडौंको बसन्तपुरमा नेवार समुदायले यःमरी पुन्हीः तथा ज्यापु दिवसको र्‍याली निकालेर मनाए।  

नेपाल भाषामा ‘ज्या’ भनेको काम र ‘पू’ भनेको बीउ हो । निरन्तर खेती किसानीमा संलग्न हुने मिहिनेती र पौरखको रीत र परम्परा नै ज्यापु संस्कृति हो। नेवारी समूदायको समेत मूल संस्कृतिको रुपमा रहेको यसको संरक्षणका लागि सरकारले ज्यापु दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिई यस दिन काठमाडौं उपत्यकामा सार्वजनिक विदा समेत दिँदै आएको छ।

आइतबार​ ४ पुस २०७८ ०३:०४ PM मा प्रकाशित

प्रतिक्रिया