नाडा अटो सोमा अपाचे आरआर ३१० बाइकले लाेभ्यायाे युवाकाे मन

केही समयअघि मात्र सार्वजनिक भएको टीभीएस आरटी आर अपाचे २०० र १६० आरटीआर फोर भीले पनि नेपाली युवाहरुको मन जितेको व्यवसायीहरुले भनिरहँदा नाडा सोमा सार्वजनिक भएको अपाचे आरआर ३१० ले पनि नेपाली मोटरसाइकलप्रेमीलाई राम्रो प्रभाव पारेको विक्रेताको भनाइ छ ।

नाडा अटाे साेकाे सर्वाधिक राेजाइमा  टीभीएस अपाचे ३१० अारअार  सम्पूर्ण युवाकाे राेजाइमा परेकाे छ । नेपाली मोटरसाइकल बजारमा ठूलो हिस्सा ओगट्दै आएको टीभीएस अपाचे नयाँ अवतारमा नाडा अटो सोमा सार्वजनिक भयो । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नाडा अटो सोमा नयाँ विशेषताका साथ अपाचे आरआर ३१० सार्वजनिक गर्दै फरक पहिचान समेत दिलाएको छ ।

केही समयअघि मात्र सार्वजनिक भएको टीभीएस आरटी आर अपाचे २०० र १६० आरटीआर फोर भीले पनि नेपाली युवाहरुको मन जितेको व्यवसायीहरुले भनिरहँदा नाडा सोमा सार्वजनिक भएको अपाचे आरआर ३१० ले पनि नेपाली मोटरसाइकलप्रेमीलाई राम्रो प्रभाव पारेको विक्रेताको भनाइ छ ।

अपाचे आरआर ३१० हेर्दा जस्तो एग्रेसिभ देखिन्छ, यसको सिटिङ पोजिसन निकै आरामदायी छ । झट्ट हेर्दा यसको ह्यान्डल केही तल भए जस्तो देखिए पनि राइडर सिटको हाइटका कारण एकदमै सहज छ । नाडा अटो सोमा टीभिएस अपाचेमा सोरुममा बसेको एक सेल्स म्यानले भने अहिले नयाँ अपाचे हेर्न खरिदगर्नेमा यूवा जमात नै बढि रहेको बताउछन् । टीभीएस अपाचेकाे नयाँ बाइक मात्र अबलाेकन गर्न पनि अाउने गरेकाे व्यवसायीके भनार्इ छ ।

अपाचे आरआर ३१० को राइडिङ पोजिसनमा धेरै झुक्नु नपर्ने तथा गियर तथा ब्रेकको पोजिसन बाइकको सेन्टरमा रहेको कारण रेगुलर प्रयोगका लागि उपयुक्त रहेको छ । अपाचे आरआर ३१०मा राइडरको सिटिङ पोजिनसका साथै रियर सिटिङ पोजिसन पनि आरमदायी छ ।
टीभीएस अपाचे आरआर ३१० अन्य मोटरसाइकलको तुलनामा फरक तर आकर्षक छ । मोटरसाइकलमा ३१२.२ सीसीको इन्जिन छ । त्यस्तै यस बाइकले प्रतिघण्टा ३१ किलोमिटरको माइलेज दिने कम्पनीले जानकारी दिएको छ ।

३४ पीएस ९७०० आरपीएम पावर भएको सो मोटरसाइकलमा ६ ओटा गियर छन् । ट्युबलेस टायर भएकाले जस्तोसुकै सडकमा पनि सामान्य तरिकाले गुड्न सक्छ ।बाइककाे मूल्य नेपाली बजारमा ६ लाख ५० हजार ताेकीएकाे छ ।