काठमाडाैं । अमेरिकी ब्रान्ड क्रेन बेबी नेपालमा सार्वजनिक भएको छ । साे ब्रान्ड ह्युमिडिफायर, एयर प्युरिफायार र अन्य जीवनशैलीका घरेलु उपकरणहरूको लागि विश्वव्यापी रूपमा ग्लोबल ब्रान्डको रूपमा प्रख्यात छ।
क्रेनले नेपालमा आफ्नो नयाँ लाइनअप “क्रेन बेबी” लन्च गरेको हाे। यो लाइनअप मा बच्चाको बेडिङ, नर्सरी डेकोर, प्लस टोइ साथै अरू उत्कृष्ट बेबी आइटमहरु उपलब्ध छन् । यसले नयाँ अभिभावकहरूलाई छनौट गर्न १०० बढी उत्पादनहरूका विकल्प प्रदान गर्छ। क्रेन बेबीका उत्पादनहरू स्तायिलिश, गुणस्तरीय र इको- फ्रेण्ड्ली रहेकाे कम्पनीकाे दाबी छ।
यस लाइनअप विशिष्ट नायिका, प्रियंका कार्की, जेनिशा मोक्तान, रेनशा राई राणा र मिनिषा भट्टराईद्वारा आईएमएस लिटिल स्माइल्स शोरुम, १ दरबार मल, दरबारमार्गमा अनावरण गरिएको थियो ।
साथै क्रेन भारतका प्रतिनिधिहरू पनि प्रक्षेपण कार्यक्रममा सामेल भएका थिए। यस लाइनअप ग्राहकहरूले विभिन्न छुट र उपहारहरूको मज्जा लिन सक्नेछन्।
नेपालको पहिलो बेबिज र किड्स प्रिमियम मल्टी ब्रान्ड आउटलेट, आइएमएस लिटल स्माइल दरबारमार्गस्थित दरबार मल र कमलपोखरीस्थित सिटी सेन्टरमा अवस्थित छ।
मल्टी ब्रान्ड आउटलेटमा अन्तर्राष्ट्रिय ब्रान्डहरु जस्तै डा. ब्राउन, बीबीलुभ, ड्रिमबेबी, हिमालयन बेबी केयर, क्रेन, फिमी, डि जे आइ, इनजाईजर, लाइनरफ्लक्स र अन्य ब्रान्डहरु उपलब्ध छन्।