तपाईंकाे घरका लागि सही पाइप छनोट गर्ने एक महत्वपूर्ण प्रक्रिया हो, जसले तपाईंको पिउने, खाना पकाउने, सफाइ गर्ने र करेसा बारीका लागि प्रयोग हुने पानीलाई प्रभावित गर्दछ ।
तपाईंले एक नयाँ घर बनाइरहनुभएको बेला होस् वा पुरानो घरलाई पुनःनिर्माण गरिरहनु भएको बेलामा होस् तपाईंले छनोट गर्नुभएको पाइपले तपाईं र तपाईंको परिवारलाई धेरै नै असर पार्न सक्छ । त्यसैले यो छनोट गर्नक लागि आफ्नो प्लमबरमा मात्र भर पर्नु राम्रो होइन ।
नेपालको पहिलो सीपीभीसी पाइप्स र फिटिंग्स उत्पादक तथा नेपालको पोलिमर पाइपिङ प्रणालीका अग्रणी उत्पादक र निर्यातकर्ता मंगलम इन्डस्ट्रि प्राइभेट लिमिटेडले केही महत्वपूर्ण कुराहरुलाई सूचीबद्ध गरेको छ जसले तपाईंलाई घर बनाउँदा विशेष गरी प्लम्बिङमा कुनै पूर्व अनुभव छैन भने ठूलो मद्दत पुर्याउन सक्छ ।
तपाईँले आफ्नो घरका लागि पाइपलाइनको सामाग्री छनोट गर्ने बेलामा यी कुराहरुलाई राम्ररी मध्यनजर गर्नुभयोे भने तपाइँले उचित निर्णय लिन सक्षम हुनुहुनेछ ।
सही सामग्रीको छनोट गर्नु
सम्भवतः एक सही पाइपको छनोटको लागि सबैभन्दा आवश्यक कुरा भनेको सामग्री उद्योग विशिष्ट रहेको छ भनेर सुनिश्चित गर्नु हो । एउटा पाइप जुन एक ढल प्रणालीमा प्रयोग गर्न उचित हुन्छ, त्यो खाद्य उत्पादनमा प्रयोग गर्नका लागि उपयुक्त हुँदैन । निष्कर्षमा भन्नुपर्दा तपाईंले आवश्यकताअनुसार उद्योग विशेष गरी ध्यान दिएर एक उपयुक्त सामग्रीको छनोट गर्नुपर्दछ ।
टिकाउ
पाइपको दुवै बाहिरी सतह र पाइपको भित्री पर्खालको आसपासको सतह विभिन्न परिस्थितिहरु सहन गर्नका लागि बलियो हुनुपर्छ । यसले बदलिँदो तापक्रम, चिसोपना, नियमित उपयोगबाट हुने समस्यासँग बचाउन सक्षम हुनुपर्छ । पीभीसी पाइपहरु आफ्नो प्रतिस्पर्धीको तुलनामा यी तत्वहरुका लागि बढी प्रतिरोधात्मक छन् । यी पाइपहरु धेरै टिकाउ हुन्छन् र यो चिरा पर्ने र चुहावटहरुको लागी पनि प्रतिरोधात्मक छन् ।
सीपीभीसी पाइप कति टिकाउ छ भन्ने सन्दर्भमा अन्य तामा वा प्लास्टिक पाइपहरुलाई यसले पछि पारेको छ । सीपीभीसी (क्लोरीनेटेड पोली भिनाइल क्लोराइड) एक बलियो र कडा थर्मोप्लास्टिक सामग्री हो, जुन तपाईको घर निर्माणमा तातो र चिसो पिउन योग्य पानीका लागि प्रयोग गरिन्छ । सीपीभीसीले अत्याधिक क्लोरीनयुक्त पानीबाट हुने हानीबांट रक्षा गर्दछ र पीभीसीको तुलनामा यसको एक उच्च तापव्रmम सहन सक्ने क्षमता रहेको छ ।
तापक्रम प्रतिरोधात्मक
अत्यन्तै उच्च र कम तापक्रमले तरल पदार्थको आकारलाई फुलाउने तथा सानो बनाउने गर्दछ र यसको कारणले उत्पन्न हुने दबाबले पाइपको क्षमतालाई असर गर्दछ, जसले गर्दा यसमा चिरा पर्न सक्छ र यो फुट्न पनि सक्छ । अर्कोतर्फ पीभीसी, यूपीभीसी, एचडीपीई, पाइपहरु धेरै हदसम्म तापक्रम प्रतिरोधात्मक छन् ।
यी पाइपहरु आगोसँग प्रतिरोधात्मक छन् र बाहिरी मद्दत बिना आफैं बल्न सक्दैनन् । सीपीभीसी पाइपहरु विशेष किसिमले उत्पादन गरिएको हुँदा यी कुराहरुले प्रभाव गर्दैन । यिनीहरुको क्षमता र शक्तिले गर्दा बाहिरी कुराहरुले कम प्रभाव गर्छन् र पाइप लामो समयसम्म टिक्न सक्छ ।
प्रतिक्रियाहीन सतह
रासायनिक रुपले चार्ज भएको तरल पदार्थ, विशेष गरी लिक्विड,साल्ट र हानिकारक धातुहरुले तामा र फलामका पाइपहरुलाई फुटाउन लामो समय लिँदैन । मेटलको पाइपको उपयोगको सट्टा, यो रसायन उद्योगहरुका लागि सीपीभीसी, पीभीसी पाइप जस्तै अनुकूलनीय विकल्पहरुको उपयोग गर्नका लागि अधिक लाभदायक हुनसक्छ । हानिकारक तरल पदार्थ सम्हाल्नका लागि सीपीभीसी, पीभीसी पाइपहरु रासायनिक प्रतिक्रिया नदिने हुन्छन् ।
किटाणुहरुबाट सुरक्षा
रासायनिक प्रतिक्रिया नहुने पाइपहरु पिउने पानीको प्रयोगको लागी सुरक्षित विकल्प हो । सीपीभीसी, पीभीसी, यूपीभीसी, एचडीपीई जस्ता प्लास्टिकका पाइपहरुले जैविक प्राणीहरुलाई जम्मा हुन र यिनीहरुको संख्या बढ्नु नदिन मद्दत गर्दछ । सीपीभीसीको किटाणु विकास हुन नदिने क्षमताले उनीहरुलाई पानीको पाइपको प्रयोगको लागि उपयुक्त बनाउँछ ।
जडान गर्न सजिलो
एकातिर तामा, फलाम र सिमेन्टका पाइपहरु भारी हुन्छन् र यिनीहरुलाई बेला बखत्मा ममर्त चाहिने हुन्छ भने पीभीसी र सीपीभीसीका पाइपहरु हल्का तौलका हुन्छन् जसले निर्माणको लागी आर्थिक रुपमा पनि सहजता प्रदान गर्दछ । यी पाइपहरु ओसारपोसार र जडान गर्नका लागि सजिलो हुन्छन् ।
मर्मत खर्च
पाइपको मर्मत तथा बदल्न पर्ने अवस्थामा लागत कम गर्नका लागि उच्च गुणस्तर भएको र खिया नलाग्ने सामग्रीको उपयोग गर्नुहोस् । सीपीभीसी, पीभीसी, यूपीभीसी, एचडीपीइ पाइप निर्माण गर्न कम स्रोत साधनको आवश्यकता हुन्छ । यी पाइपहरु न्यूनतम मर्मतका साथ धेरै वर्षसम्म टिक्दछन् ।
अग्रणी पाइप र फिटिङ ब्रान्ड मंगलम इन्डस्ट्रीजले घरेलु, कृषि उपयोग तथा औद्योगिक प्रयोजनका लागि उच्च गुणस्तरको सीपीभीसी, पीभीसी, एचडीपीई पाइपको उत्पादन गर्दछ । मंगलम् पाइप एक विश्वसनीय नेपाली ब्रान्ड हो, जसले सम्पूर्ण नेपालीहरुलाई उनीहरुको पाइपहरु चुहावट मुक्त रहेको र त्यसको लामो जीवन रहेको कुरामा विश्वस्त तुल्याउँछ ।