सोमबार, माघ ३ २०७८ ०९:१९ PM

×

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उद्योगपति विनोद चौधरी निर्वाचित 

images

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट उद्योगपति विनोद चौधरी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । 
चौधरी मधेसी कोटाबाट कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । 

पहिलो संविधान सभाबाट नेकपा एमालेबाट समानुपातिक सभासद बनेका चौधरी एमाले त्यागेर नेपाली कांग्रेस प्रवेश गरेका थिए । नेपाली कांग्रेसबाट उनी अहिले समानुपातिक सांसद हुन् । 

पछिल्लोपटक चौधरी राजनीतिमा फुल–टाइमर हुन थालेका छन् । व्यवसाय र उद्योग आफ्ना तीन छोरालाई जिम्मा लगाई चौधरीले मनिटरिङ गर्दै राजनीतिमा आफ्नो क्रियाशीलता बढाएका हुन् । 

याे पनि पढ्नुस्ः

कांग्रेसको आर्थिक एजेन्डा, नीति र बहसमा नयाँ कोर्ष डिजाइन गर्दै विनोद चौधरी

मङ्गलबार ६ पुस २०७८ ०२:१३ PM मा प्रकाशित

प्रतिक्रिया