रोकियो बागमती अञ्चलमा नयाँ मोटरसाइकल दर्ता

बागमती अञ्चालमा नयाँ मोटरसाइकल दर्ता रोकिएको छ । ९९ लटसम्म वितरण भैसकेको र कानुनले नयाँ दर्ता गर्न नपाइने अवस्था आएपछि बाइक मंगलबारदेखि नयाँ दर्ता रोक्नुपरेको यातायात व्यवस्था विभाग जनाएको छ ।

यातायात व्यवस्थापन नियमावलीमा दुई अंकका नम्बर राखेर मात्रै नयाँ मोटरसाइक दर्ता गर्न मिल्ने प्रावधान छ । बागमतीमा ’बा९९प’ मा ’९९९९’सम्म मोटरसाइकल दर्ता भैसकेका र १० लाख मोटरसाइकलका कारण नयाँ दर्ता नहुने विभागका सूचना अधिकारी गोकर्ण उपाध्यायले जनकारी दिए ।

विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले यातायात व्यवस्थापन नियमावली संशोधन गर्नका लागि भदौ १७ गते प्रस्ताव मन्त्रीपरिषदमा पठाईसकेको जानकारी दिए ।
अहिले प्रधानमन्त्री केपी ओली देश बाहिर छन्। उनी आएपछि बस्ने मन्त्रिपरिषदले निर्णय गरेपछि दर्ताको बाटो खुल्ने र अब आउने नयाँ नम्वर प्लेट ’बा१००प’ हुने छ ।