लक्ष्मी लघुवित्तको नगद लाभांश लगानीकर्ताले गरे अस्वीकार

आफ्ना सेयरधनीका लागि लक्ष्मी लघुवित्तको २६ प्रतिशत नगद लाभांश घोषणा लगानीकर्ताले अस्वीकार गरेका छन् । आफ्ना लगानीकर्तालाई बोनस सेयर नदिई नगद लाभांश मात्र घोषणा गरेको लघुवित्तको सेयर बेच्न चाहने लगानीकर्ताको चाप लागेको छ । एकातिर कम्पनीको सेयर बेच्ने लगानीकर्ताको चाप छ भने अर्कातिर किन्न चाहने लगानीकर्ता छैनन् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को मार्केटडेप्थ हेर्दा ४६ सय ५२ कित्ता सेयर बेच्न चाहेका छन् भने किन्न चाहने लगानीकर्ताको संख्या शून्य छ । कारोबार सुरु हुँदा प्रतिकित्ता ९ सय ५६ रुपैयाँ बजार मूल्यमा खुलेको कम्पनीको सेयर मूल्य यतिबेला दोस्रो बजारको सेयर मूल्य ९ दशमलव ९४ प्रतिशतले घटेर प्रतिकित्ता ८ सय ७९ रुपैयाँमा आएको छ ।

यसले कम्पनीले बोनस सेयर दिने आसमा बसेका लगानीकर्ताले २६ दशमलव ३२ प्रतिशत नगद लाभांश पूर्ण रुपमा अस्वीकार गरेको देखिन्छ । लगानीकर्ताले प्रतिकित्ता ९ सय ५० रुपैयाँदेखि ८ सय ७९ रुपैयाँसम्म सेयर बेच्न चाहेका छन् । तर, किन्न चाहने लगानीकर्ता नेप्सेको मार्केछ डेप्थमा देखिँदैन । सबैभन्दा बढी सेयर प्रतिकित्ता ८ सय ७९ रुपैयाँमा बेच्न चाहेको देखिन्छ ।

उक्त मूल्यमा लगानीकर्ताले २ हजार ७ सय ७६ कित्ता सेयर बेच्न चाहेका छन् । यस्तै प्रतिकित्ता ९ सय ३७ रुपैयाँमा सेयर बेच्न चाहने लगानीकतौ धेरै छन् । त्यस मूल्यमा लगानीकर्ताले १ हजार ४७ कित्ता सेयर बेच्न चाहेका छन् ।