नेपाल सेवा लघुवित्तले ५ प्रतिशत नगद लाभांश दिने

लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशतका दरले ३० लाख रुपैयाँ नगद लाभांश दिने भएको हो । कम्पनीले नगद लाभांशमा लाग्ने करका लागि १ लाख ५७ हजार ८ सय ९५ रुपैयाँ गरी ३१ लाख ५७ हजार ८ सय ९५ रुपैयाँ बराबरको लाभांश दिने छ ।

नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई बोनस सेयर नदिई नगद लाभांश मात्र दिने भएको छ । कम्पनीको सञ्चालक समितिले गरेको घोषणाअनुसार लागनीकर्तालाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशतका दरले ३० लाख रुपैयाँ नगद लाभांश दिने भएको हो । कम्पनीले नगद लाभांशमा लाग्ने करका लागि १ लाख ५७ हजार ८ सय ९५ रुपैयाँ गरी ३१ लाख ५७ हजार ८ सय ९५ रुपैयाँ बराबरको लाभांश दिने छ ।

कम्पनीको सञ्चालक समितिले गरेको लाभांश दिने निर्णय नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति पाएपछि तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुने छ ।