×

भीम रावल भन्छन्, ‘बरु जेल जान्छु तर, इम्बोस्ड नम्बर प्लेट जडान गर्दिनँ’

images

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफ्नो गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने भएका छन् । सरकारले जेल हाले पनि आफ्नो गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने रावलले बताए हुन् । 

बुधबार संघीय संसदको राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा उनले आफू जेल जान तयार रहेको तर इम्बोस्ड नम्बर प्लेट जडान गर्न तयार नरेको बताएका हुन् । 

यातायात व्यवस्था विभागले यस अघि नै बागमती र गण्डकी प्रदेशमा नयाँ दर्ता हुने र नवीकरण गर्ने सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सूचना निकालेकालि सकेको छ । तर, नेता रावलले उक्त नियम नमान्ने भएका छन् । इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बरु एक वर्ष जेल जाने उनको भनाइ छ ।

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर रहेको र इम्बोस्ड नम्बर प्लेट बनाउने कम्पनीसँग आर्थिक लेनदेन भएको भन्दै चौतर्फि विरोध भइरहेको छ । सोहि विषयमा बुधबार छलफल गर्न समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई बोलाएको थियो । तर, मन्त्री यादव समितिले बोलाएको उक्त छलफलमा सहभागि भएकाकी छैनन् । 
 

बुधबार ८ असार २०७९ ०४:४७ PM मा प्रकाशित

प्रतिक्रिया