×

आईएमई पेबाट हवाई टिकट काटनुहाेस्, दैनिक क्यासब्याका साथै अतिरिक्त बाेनस पाउनुहाेस्

images

काठमाडौं । आईएमई पेले हवाई उडान टिकटमा फेरि पनि नयाँ अफर ल्याएको छ । 

‘उच्च तापक्रममा उच्चतम छुट’ नामक ‘फ्ल्यास सेल’ किसिमको अफरमार्फत यात्रुहरुले मंगलवार र शनिवारको दिन दिउँसोको ३ बजे देखि ४ बजे सम्म आईएमई पे एपबाट हवाई टिकट काट्दा दैनिक हाइएस्ट क्यासब्याकको साथै थप ३०० रुपैयाँ बोनस पनि प्राप्त गर्न मिल्ने प्रबन्ध मिलाएको छ ।  

साधारणतया अरु वालेट एपहरुभन्दा बढी क्यासब्याक दिइरहेको आइएमई पे एपले यस अफर अवधिभरि हप्ताको २ दिन (मंगलबार र शनिबार ) केवल १ घण्टाका लागि सो अफरमार्फत ३०० बोनस यात्रुहरुलाई प्रदान गर्ने कम्पनीले जनाएको छ ।

असार ७ गतेदेखि सुरु भएको अफरमार्फत नेपालको कुनै पनि आन्तरिक हवाई उडान सेवामा सो बोनस प्राप्त गर्न सकिन्छ । 
 

बुधबार ८ असार २०७९ ०४:५८ PM मा प्रकाशित

प्रतिक्रिया