आइतबार​, असोज १० २०७८ ०८:५२ PM

×

बैंकहरू ऋण दिन नसक्ने अवस्थामा पुगे, अब ब्याजदर बढ्छ (अन्तर्वार्ता)

images

सन् १९९७ मा नेपाल एसबीआई बैंकबाट ‘म्यानेजमेन्ट ट्रेनीका’ रूपमा बैंकिङ करियर सुरु गरेका सुमन शर्मा अहिले सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् । ७ वर्ष एसबीआईमा काम गरेपछि उनी एमबीए अध्यन गर्न विदेश गए । स्वदेश फर्केपछि एनएमबी बैंकमा ‘ज्वाइन’ गरे । उनले एनएमबीमा १० वर्ष बिताए । माछापुच्छ«े बैंकमा डेपुटी डीसीओ भएर झण्डै ३ वर्ष काम गरेपछि ग्लोबल आईएमई बैंकमा पनि डेपुटी सीईओ भए । त्यहाँ शर्माले ८ महिना काम गरेका थिए । शर्मा सीईओ बनेर माछापुच्छ«ेमा फर्किए । २१ महिना माछापुच्छ«ेमा सीईओको रुपमा काम गरे । उनी ६ महिनदेखि सनराइज बैंकमा सीईओको रुपमा कार्यरत छन् । २४ वर्ष बैंकिङ क्षेत्रमा बिताएका सीईओ शर्मा अहिले सनराइज बैंकलाई अब्बल बनाउन लागिपरेका छन् । चालू आर्थिक वर्षको मौद्रिक नीति तथा बैंकका भावी योजनामा केन्द्रित रहेर क्यापिटल नेपालले सीईओ शर्मासँग गरेको कुराकानी ।

सीईओहरुले बैंक छाड्ने क्रम बढेको छ । यस्तो अवस्था किन आएको हो ? 

केही सीईओहरू लामो समयसम्म एउटै बैंकमा बसेका छन् । केही सीईओ एउटा बैंकमा एक कार्यका पूरा गरेर र केहीले कार्यकाल पूरा नगरी छोडेका छन् । सीईओ कुनै बैंकमा बढी र केहीमा कम टिकेका छन् । कुनै ‘इस्युमा’ मन नमिल्दा र व्यावसायिक ‘टार्गेटले’ पनि कार्यकाल पूरा गर्न नसकेको हुन सक्छ । सीईओले कार्यकाल पूरा नगरी छाड्नुमा विभिन्न कारणहरू छन् । बोर्डसँग कुरा नमिल्दा छोड्नुपर्ने अवस्था आउने गरेको छ । 

सनराइजमा सञ्चालकसँगको टसलले गर्दा सीईओहरूले कार्यकाल पुरा नगरी छाडेका छन् । अहिले सञ्चालक समितिसँग तपाईको कस्तो सम्बन्ध रहेको छ ? 

अहिलेसम्म सौहार्दपूर्ण वातावरण छ । राम्रोसँग काम गर्न पाइएको छ । म यहाँ आएको ६ महिना भयो । म यहाँ आएपछि बैंकले व्यवसाय विस्तार गरेको छ । गत आर्थिक वर्षको पछिल्लो ५ महिनामा यो किसिमको व्यवसाय विस्तार हुन सक्नु भनेको सौहर्दपूर्ण वातावरण छ भन्ने कुरा प्रमाणित गराउँछ । 

यसअघि बोर्ड र सीईओबीच विवाद हुने गरेको थियो । के कारणले होला ? 

उहाँहरूका बीचमा केही असमझदारी भयो होला । त्यही कारणले अघिल्लो ७ महिनामा बैंकको व्यवसाय विस्तार हुन सकेन होला ।

४ वर्षको व्यावसायिक योजना लिएर बैंकमा आउनु भएको छ । यहाँको कार्यकालमा बैंक कुन स्थानमा पुग्नेछ ? 

यति ‘बिजनेस ग्रोथ’ गर्छौं भनेर प्रत्येक वर्ष योजना बनाउँछौं । नाफाको लक्ष्य पनि प्रत्येक वर्षमा दिने गर्छौं । आज एउटा योजना दियो, नियमनबाट आउने थुप्रै परिवर्तनहरूले बैंकको नाफामा असर गर्ने हुन्छ । चालू आर्थिक वर्षमा बिजनेस बढाएर नाफा यति हुन्छ भन्ने प्रक्षेपणका आधारमा असार अन्तिममा एउटा ‘बिजनेस प्लान’ बनायौं । नयाँ मौद्रिक नीतिलाई हेर्दा त्यो अवस्था नरहने देखिन्छ ।

४ वर्षमा के हुन्छ भनेर बैंक ‘ज्वाइन’ गर्ने बेलामा भन्ने हैन । तर, दीर्घकालीन योजना बनाउने भन्ने कुरा यहाँ आइसकेपछि हुने हो । बैंकमा ज्वाइन गर्ने बेलामै बोर्डबाट यति बिजनेस बढ्नुपर्छ, नाफा र एनपीए यति हुनुपर्छ भनेर लक्ष्यहरू ‘सेट’ गरिएको छैन । ‘ओभरअलमा’ बैंकलाई राम्रो बनाउनुपर्छ भन्ने सञ्चालक ज्यूहरूको चाहना छ ।

मौद्रिक नीति भरखरै आएको छ । नयाँ मौद्रिक नीतिले बैंकहरूलाई केही अप्ठेरो परेको कुरा सार्वजनिक भएका छन् । मौद्रीक नीतिले बैंकहरूलाई गाह्रो बनाएकै हो ? 

रिभाइज कन्डिसनमा’ नयाँ मौद्रिक नीतिले सीडी रेसियो ९० प्रतिशत कायम गरेको छ । यसले गर्दा लगानीयोग्य पुँजी कम हुने देखिन्छ । यद्यपि राष्ट्र बैंकबाट सर्कुलर आइसकेको छैन । सीडी रेसियोको अवस्था हेर्दा सबै बैंकहरूले कर्जा दिन नसक्ने अवस्था आएको छ । ऋण बढाउन पहिला निक्षेप बढाउनुपर्यो । हाम्रै बैंकको गत वर्ष १०५ अर्ब रुपैयाँ निक्षेप थियो । १०३ अर्ब कर्जा लगानी थियो । पहिला गत वर्षको अवस्थालाई ९० प्रतिशतमा पुर्याउनु पर्यो । त्यो भनेको निक्षेप बढाउनु पर्यो । निक्षेप नबढाइ ऋण बढाउन पाइएन् ।

अप्ठेरो र सजिलो भन्ने केही छैन । नेपाल राष्ट्र बैंकबाट जुन निर्देशनहरू आउँछन् त्यसमै बसेर काम गर्ने हो । राष्ट्र बैंकको निर्देशनभित्र बसेर बैंकलाई कसरी राम्रो बनाउने भनेर काम गर्ने हो । पहिला ‘नेट इन्ट्रेस्ट स्प्रेड’ भन्ने थिएन । ५.५ प्रतिशत हुनुपर्ने भनेर निर्देशन आयो । त्यसपछि घटेर ५, ४.४ र अहिले ४ प्रतिशत भएको छ । विस्तारै परिवर्तन भएर आएको छ । स्प्रेड ५.५ प्रतिशतकै जति नाफा हुने अवस्था छैन । पहिला शुल्क र कमिसनमा नियमन  थिएन ।

अहिले ऋण दिँदा शुल्क यति लिने नवीकरण गर्दा यति मात्र लिने पाउने भन्ने निर्देशन केन्द्रीय बैंकबाट आएको छ । त्यसैमा बसेर काम गर्नुपर्छ । ओभरअलमा बैंकहरूको नाफा र ‘रिर्टन अन इक्विटी’ कम भएको छ । पहिलाको सोचेर अहिले त्यति नै रिर्टन अन इक्विटी हुनुपर्यो भने त त्यही अनुसारको निर्देशन हुनुपर्छ । ‘रिभाइज कन्डिसनमा’ नयाँ मौद्रिक नीतिले सीडी रेसियो ९० प्रतिशत कायम गरेको छ ।

यसले गर्दा लगानीयोग्य पुँजी कम हुने देखिन्छ । यद्यपि राष्ट्र बैंकबाट सर्कुलर आइसकेको छैन । सीडी रेसियोको अवस्था हेर्दा सबै बैंकहरूले कर्जा दिन नसक्ने अवस्था आएको छ । ऋण बढाउन पहिला निक्षेप बढाउनुपर्यो । हाम्रै बैंकको गत वर्ष १०५ अर्ब रुपैयाँ निक्षेप थियो । १०३ अर्ब कर्जा लगानी थियो । पहिला गत वर्षको अवस्थालाई ९० प्रतिशतमा पुर्याउनु पर्यो । त्यो भनेको निक्षेप बढाउनु पर्यो । निक्षेप नबढाइ ऋण बढाउन पाइएन् ।

यहाँको भनाइलाई आधार मान्ने हो भने अब बैंकहरूबीच निक्षेप उठाउन तानातानको अवस्था आउनेछ । अब ब्याजदर बढ्ने देखियो हैन ? 

ब्याजदरको ग्राफ सीडी रेसियो लागू नहुँदै उकालो लाग्ने देखिसकेको छ । किनभने अस्तिको असार मसान्तभन्दा अघिल्लो असारमा भुक्तानी सन्तुलन (बीओपी) २ खर्ब ८२ अर्ब रुपैयाँले सकारात्मक थियो भने गएको असारमा ‘मार्जिनल्ली’  सकारात्मक देखिएको छ । यो बीचमा २ खर्ब ८२ अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट देशबाहिर गयो । यसको प्रभाव बैंक तथा वित्तीय संस्थाको निक्षेपमा पर्छ ।

त्यो निक्षेपले ‘मल्टिप्लायर इफेक्ट’ आउँछ । अहिले बीओपी सकारात्मक मात्र छ । यसरी नै पैसा बाहिर गइरहने हो भने आन्तरिक स्रोत कम हुन्छ । यो हुने बित्तिकै ब्याजदर बढ्ने छ । बैंकहरूले धमाधम निक्षेपको ब्याजदर बढाएका छन् । हामीले पनि बढाएका छौं । निक्षेपको अभाव हुनसाथ कर्जाको ब्याजदर पनि बढ्ने छ । ब्याजदर बढेपछि परियोजनाका साथै उत्पादन लागतसमेत वृद्धि हुन्छ ।

संस्थागत लगानीकर्ताहरूले पुनः एक पटक कमाउने अवस्था आएको हो  ?

जोसँग बढी निक्षेप छ, उसलाई बढी फाइदा हुने भयो । व्यक्तिगत बचत र रिटायर्ड भएकाहरूले बैंकको मुद्दतीमा रकम जम्मा गर्नुभएको होला । संस्थागत निक्षेपकर्तालाई फाइदा हुने भयो । ३ वर्षअघि ‘क्रेडिट क्रञ्च’ हुँदा ब्याजदर बढेर साढे १३ प्रतिशतसम्म पुगेको थियो । 
क्रेडिट क्रञ्चको अवस्था आउने देखिएको छ । ब्याजदर माथिनै जानेछ । एक वर्ष मात्रै राम्रा भएको थियो । २ वर्षअघि नै त्यस्तै थियो । ४ वर्षअघि पनि क्रेडिट क्रञ्चको संकट देखिएको थियो । यो हुने संभावना देख्छु । 

जोसँग बढी निक्षेप छ, उसलाई बढी फाइदा हुने भयो । व्यक्तिगत बचत र रिटायर्ड भएकाहरूले बैंकको मुद्दतीमा रकम जम्मा गर्नुभएको होला । संस्थागत निक्षेपकर्तालाई फाइदा हुने भयो । ३ वर्षअघि ‘क्रेडिट क्रञ्च’ हुँदा ब्याजदर बढेर साढे १३ प्रतिशतसम्म पुगेको थियो ।  क्रेडिट क्रञ्चको अवस्था आउने देखिएको छ । ब्याजदर माथिनै जानेछ । एक वर्ष मात्रै राम्रा भएको थियो । २ वर्षअघि नै त्यस्तै थियो । ४ वर्षअघि पनि क्रेडिट क्रञ्चको संकट देखिएको थियो । यो हुने संभावना देख्छु । 

क्रेडिट क्रञ्चको अवस्था नेपालमा मात्रै हो कि विदेशमा पनि भइरहेको हुन्छ ? किन बारम्बार दोहोरिन्छ ? तयारी किन गरिँदैन ? के प्रणालीले काम नगरेको हो ? 

निक्षेप र कर्जाले मात्रै भुक्तानी सन्तुलन सकारात्मक हुन्छ भन्ने हुँदैन । सबै मुलुकहरूले आफूले जति आयात गर्छन् सोही आधारमा निर्यात पनि गरिरहेका हुन्छ । त्यसैले गर्दा क्रेडिट क्रन्चको अवस्था ती देशहरूमा हुँदैन् । जुन ‘कम्पिटेन्सी’ छ, त्यो बराबरको वस्तु तथा सेवा निर्यात गर्छन् । नेपालको निर्यात एकदमै कम छ । आयात अधिक छ । कृषिजन्य उत्पादनमा पनि आयात गरिरहेका छौं ।

हामी केही गर्दैनौं । निकासीका कुरा छाडौं आफ्नो खपतका लागि पनि उत्पादन गर्न सक्दैनौं । जसले गर्दा भुक्तानी सन्तुलन प्रभावित हुन्छ । बैंकले गर्दा भुक्तानी सन्तुलनमा प्रभाव पर्यो भन्न मिल्दैन । एउटा के हुन सक्छ भने बैंकिङ क्षेत्रबाट दैनिक खपत हुने वस्तु, जस्तै गाडी किन्न, घर बनाउन ऋण दिएको पैसा बिदेसिने भएकाले यसमा बैंकले केही योगदान गरेको जस्तो देखिन्छ ।

तर, त्यो ‘कम्पोनेन्ट’ धेरै कम हुन्छ ।  हामीले घर बनाउँदा गिटी, बालुवा, सिमेन्ट र रडबाहेक सबै वस्तु आयात गर्छौं । घर बनाउँदा गिटी, बालुवा र सिमेन्टको कम्पोनेन्ट थोरै हुन्छ । पेन्टस, स्टिल रडहरूदेखि लिएर हरेक कच्चावस्तु बाहिरबाट आयात हुन्छ । भनेपछि घरका लागि कर्जा दिँदा पैसा विदेश जाने भयो । गाडी किन्दा १०० प्रतिशत जाने गरेको छ । हामी आत्मनिर्भर हुन सकेनौं । वार्षिक ५० अर्ब रुपैयाँको चामल बाहिरबाट आयात गरिरहेका छौं ।  आफैंले उत्पादन गरेको भए ५० अर्ब रुपैयाँ प्रणालीमा रहन्थ्यो ।

सीडी रेसियो ९० प्रतिशत भयो भने भोलिका दिनमा लगानीयोग्य पुँजीको अभाव हुने भयो । बैंकले कर्जा दिन सक्दैनन् । आर्थिक गतिविधि चलायमान बन्न पनि सक्दैन । बैंकहरूले जग्गा किन्न र ‘मार्जिन लेन्डिङमा’ लगानी गरे भन्ने कुरा आएको छ । मार्जिन लेन्डिङ र जग्गा किन्न दिएको कर्जाले तरलताको अभाव हुँदैन । एउटाको जग्गा अर्कोले किन्दा बैंकले कर्जा दिन्छ र त्यो पैसा पुनः बैंकमा फर्किन्छ । जग्गा र घर किन्दा प्रणालीबाट बाहिर पैसा जाँदैन ।

बरु गाडी किन्दा जान्छ । उद्योगलाई ऋण दिँदा मेसिन र कच्चावस्तु बाहिरबाट ल्याउनु पर्दा पैसा जान्छ । स्टिल बाहिरबाट ल्याउनु पर्यो पैसा विदेशियला । तर, एउटाले बेचेर अर्कोले पैसा पाउँदा तरलताको अभाव भने हुँदैन । सजिलो गरी पैसा कमाइ भयो भने त्यसैगरी खर्च गरिन्छ । यसले सहजै रूपमा पैसा बिदेसिने संभावना बढी हुन्छ ।

कर्जा लगानी बढाउन अब  निक्षेप बढाउनु पर्ने देखियो । यसका लागि यहाँले के गर्दै हुनुहुन्छ ? 

ब्याजदर बढाउने बित्तिकै निक्षेप बढ्ने हैन । २७ वटा वाणिज्य बैंकहरूको एउटाको निक्षेप अर्कोतिर जाने मात्रै हो । हाम्रो जस्तो मुलुकको ‘क्यापिटल एकाउन्ट कर्भटिबिलिटी’ नभएको हुनाले यो समस्या आएको हो । ब्याजदर उच्च भएका बेला विदेशबाट पैसा नेपालमा आउँछ र हाम्रो कम भएका बेला यहाँबाट पैसा विदेश जान्छ भन्ने छैन । विदेशबाट पैसा सहजै आउन सक्छ तर नेपालबाट बाहिर जान सक्दैन । त्यसैले ‘रेट अफ इन्ट्रिेस्टले’ अन्तर्राष्ट्रिय निक्षेप यहाँ आउने भन्ने कुरा कमै हुन्छ ।

अर्को कुरा ब्याजदर कम भएकाले व्यक्तिहरूले घरमा पैसा राखेका छन्  र बढ्ने बित्तिकै बैंकमा ल्याउने भन्ने कुरा मलाई लाग्दैन । ४ वर्षदेखिको अवस्था हेर्नुभयो भने अघिल्लो वर्षको असारमा बैंकिङ प्रणालीमा तरलता २८५ अर्ब रुपैयाँ अधिक थियो । त्यसबेला ‘लिक्विडिटी फ्लस’ थियो । अब अहिले भुक्तानी सन्तुलन शून्य अवस्थामा छ ।  यसले बहुपक्षीय प्रभाव पार्छ ।
 

सनराइज बैंक व्यवसाय विस्तारमा किन सुस्त देखिएको हो ?

तपाईंले भनेको जस्तो सनराइज बैंक सुस्त छैन । हाम्रो बैंकको बिजनेस बढेको छ । गत वर्ष नाफा पनि १० प्रतिशतले बढेको छ । हाम्रो ‘ओभर द पिरियड’ ७, ८ वर्षको हेर्दा गत वर्ष धेरै निक्षेप लिए कर्जा प्रवाह गरेका छौं । बैंकको शाखाको आकारअनुसार ‘बिजनेस ग्रोथ’ हुन्छ । सनराइज बैंकको शाखा संख्या १३९ वटा छ । ४ सयवटा शाखा भएको बैंकसँग सनराइजलाई तुलना गर्नुभयो भने मिल्दैन । गत वर्षको पछिल्लो ५ महिनामा झण्डै १५ अर्ब रुपैयाँ कर्जा बढ्यो । सनराइजको इतिहासमा १० प्रतिशत वृद्धि भएको पछिल्ला दुई वर्षमा मात्र हो ।

त्यसअघि कम नै छ । पछिल्लो समयमा सनराइजले गति समाएको देखिन्छ । २ वर्षसम्म कायम भएमा हाम्रो अवस्था झनै मजबुत हुनेछ । मर्ज गरेर ठूला भएका बैंकको बिजनेस ठूलो देखिने भयो । ती बैंकले बिजनेस गरेरभन्दा पनि मर्जबाट ठूलो देखिएको हो । पुँजी र व्यवसायको अवस्था, इक्विटी र रिटर्नको अवस्था  पनि हेर्नुपर्छ  ।

उदाहरणका लागि तपाईंले १ लाख रुपैयाँ कुनै बिजनेसमा लगानी गरेर वर्षभरि २० हजार रुपैयाँ  कमाउनु भएको छ । अर्को एक जनाले १० लाख रुपैयाँ लगानी गरेर उसले १ लाख रुपैयाँ आम्दानी गरेको छ भने कुनचाहिँ बेटर ? अनुपात हेर्दा तपाईंका लगानीबाट पाउने प्रतिफल बेटर देखियो । सेयर होल्डरले लगानी गरेको पैसाका आधारमा हेर्दा सनराइज बैंक सुस्त छैन । धेरै बैंकहरूभन्दा सनराइज राम्रो छ । 

सनराइजको नाफा १५० करोड रुपैयाँ हुँदा वितरणयोग्य नाफा ६० करोड मात्र छ । यस्तो किन भयो ? 

वितरणयोग्य नाफाको कुरा गर्दा बैंकले डिबेञ्चर कति जारी गरेको छ । डिबेञ्चरको समय पनि हुन्छ । डिबेञ्चर परिपक्व भएको बेलाको वर्ष रिजर्भमा राखेको पैसा सिधै सेयरहोल्डरलाई दिन सक्ने स्थिति हुन्छ । १ अर्बको डिबेञ्चर ५ वर्षका लागि निष्कासन गरेको छ भने प्रत्येक वर्ष २५ करोड रुपैयाँका दरले छुट्ट्याएर रिजर्भ फण्डमा राख्नुपर्छ । त्यो २५ करोड रुपैयाँ वितरणयोग्य नाफामा राख्न पाइन्थ्यो । तर, डिबेञ्चर परिपक्व भएको वर्ष १ अर्ब रुपैयाँ नै वितरण योग्यमा राख्न सक्छौं ।

अर्को १ अर्बको डिबेञ्चर त्यही वर्षमा निष्कासन गरे पनि फरक पर्दैन । सेयरबाट बैंकहरूले कमाएको पनि हुन सक्छ । नाफाको आकार पनि हेर्नुपर्छ । कत्रो आकारको बैंक छ, त्यसले वितरणयोग्य नाफा कति छ । त्यो पनि हेर्नुपर्छ । अर्को भनेको पहिला ‘लोनलस प्रोभिजनिङ’ गरेर राखेको गैर बैंकिङ सम्पत्ति जस्तै जग्गाहरू बेचेर आएका पैसाहरू छन् । त्यो पनि वितरणयोग्य नाफामा राख्न मिल्छ ।
कोभिडका बेला बैंकले व्यवसाय विस्तार गरेर राम्रो नाफा गरेका थिए । 

राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले लगानी विस्तार गर्न नसक्दा नाफा घट्ने कुरा गर्नुभयो । अब बैंकहरुको नाफा घट्ने अवस्था आएको हो ?

मर्ज गर्ने हाम्रो तयारी छ । संस्थापकहरूका तहबाट केही बैंकका संस्थापकसँग कुरा भइरहेको छ । तर, यसैगरी अघि बढ्न भन्ने अवस्थामा पुगेको छैन । राम्रो पार्टनर पाएमा मर्जमा जान तयार छौं । यो बैंक त्यो बैंक नभनौं । अहिले ३, ४ वटा बैंकहरूसँग ‘प्रोमोटर लेभलमा’ कुरा भएको छ । तर, फाइनल भएको छैन । सनराइजले उपयुक्त पार्टनर पाएमा मर्जमा जान्छ ।

पहिलो कुरा सीसीडी रेसियो कि सीडी रेसियो हुनुपर्नेमा विषयमा ‘डिबेट’ हुनुपर्छ जस्तो लाग्छ । केन्द्रीय बैंकले ल्याएको सीडी रेसियोको अवधारणा नै उपयुक्र्त छ । यो विश्वव्यापी रूपमा चलेको छ । तपाईंले ल्याएको पुँजी सहायक कम्पनी खोलेर पैसा उता गएको हुन्छ । घरजग्गा किनेर पैसा ‘कन्ज्यूम’ भएको हुन्छ । त्यो पैसा तरल नगद हैन । भोलि निक्षेपकर्ताले ठूलो रकम झिक्न आउँदा बैंकसँग पैसा हुँदैन । त्यसैले सीसीडीभन्दा सीडी रेसियो राम्रो भन्ने कुरा छ । नेपालको सन्दर्भमा ९० प्रतिशतमा सीडी रेसियो हुँदा बाँकी १० प्रतिशत निक्षेप छ, त्यो पैसा लगानीमा हाल्नुपर्छ ।

लगानीबाट प्रतिफल लिन हाम्रो मुद्रा बजार (मनी मार्केट) को विकास भएको छैन । त्यसैले बैंकहरूले त्यसबाट प्रतिफल पाउँदैनन् । सीडी रेसियो ९० प्रतिशत भनेको ‘अप्टिमम्’हो । त्यहाँभन्दा माथि जानुभएन । त्योभन्दा तल हुनुपर्छ । भोलि संकट आए ठूलो रकम झिक्ने अवस्था आउने संभावनालाई याद गरेर सीडी रेसियो नकट्ने अवस्था हुनुपर्यो । त्यही अनुसारको पुसन राख्नुपर्ने हुन्छ । त्यसैले मुद्रा बजार राम्रो विकास भएको भए बैंकहरुले १० प्रतिशत रकम त्यता लगानी गरेर आम्दानी गर्न सक्थे । अहिले मुद्रा बजार विस्तारै आएको छ । अहिले केही बैंकले कृषि बण्ड र ऊर्जा बण्ड निष्कासन गर्न थालेका छन् । जुन बैंकहरूले लगानी गर्छन् । यो सुरुवाती चरण हो । अन्य ‘पोर्टफोलियो’ बनाएर लगानी गर्नुपर्छ ।

नाफामा ‘हिट’ गर्ने संभावना कतिको रहन्छ ? 

निश्चय नै नाफामा हिट हुन्छ । आजको दिनमा बैंकहरूले जति ऋण दिएका छन् । सीडी रेसियो ९० प्रतिशत कायम गर्न बैंकहरूले ऋण लगानी घटाएर निक्षेप बढाउनु पर्ने अवस्था आएको छ । सीडी रेसियो ९० प्रतिशत कायम गर्ने बित्तिकै बैंकहरूले ऋण लगानी घटाएर ‘इन्भेष्टमेन्टमा’ बढाउनुपर्छ । कर्जाको भन्दा लगानीको प्रतिफल कम छ । ट्रेजरी बिल्स र सरकार बण्डमा लगानी गर्दा ४ प्रतिशत मात्र प्रतिफल आउँछ । निक्षेपको ब्याजदर ८ प्रतिशत र लगानीको प्रतिफल ४ प्रतिशत हुने बित्तिकै नोक्सान भइहाल्छ  । बण्डको बजार राम्रो भएको भए कमसेकम निक्षेपको लागतलाई धान्न सक्ने हुन्थ्यो होला । सीसीडी ८५ प्रतिशत भनेको भए बैंकहरूले ८० वा ८२ सम्म पुर्याउँथे होलान । लगानीबाट पनि राम्रो प्रतिफल आउने भएकाले जोखिम कम गर्नुपथ्र्यो होला । सीसीडीले गर्दा सबै बैंकको नाफा घट्नेछ ।

राष्ट्र बैंकले मर्जरलाई जोड दिँदै आएको छ । सनराइजको मर्जको योजना के हो ? 

मर्ज गर्ने हाम्रो तयारी छ । संस्थापकहरूका तहबाट केही बैंकका संस्थापकसँग कुरा भइरहेको छ । तर, यसैगरी अघि बढ्न भन्ने अवस्थामा पुगेको छैन । राम्रो पार्टनर पाएमा मर्जमा जान तयार छौं । यो बैंक त्यो बैंक नभनौं । अहिले ३, ४ वटा बैंकहरूसँग ‘प्रोमोटर लेभलमा’ कुरा भएको छ । तर, फाइनल भएको छैन । सनराइजले उपयुक्त पार्टनर पाएमा मर्जमा जान्छ ।

मर्ज गर्न सक्ने र परिपालन राम्रो भएकाले बोर्डले यहाँलाई सीईओ बनाएको हो । मर्जमा जान बोर्डबाट यहाँलाई कतिको दबाब छ ? 

मर्जमा जान भनेर मलाई यहाँ पक्कै ल्याएको हैन । सीईओ एउटा मात्रै हुन्छ । मर्जसम्म सहजीकरण गर्ने काम मेरो हुनेछ भनेको छु । मर्जपछि कसलाई सीईओ राख्ने र ‘वाइबाइ’  गर्ने निर्णय संयुक्त सञ्चालक समितिको हुन्छ । म यसमा तयार छु । मैले प्रतिज्ञा गरेको छु । 

राष्ट्र बैंकले मर्जमा जान दबाब दिइरहेको अवस्थामा हामी प्रारम्भिक चरणमा छौं कि धेरै अघि बढेको छौं ? 

कुरा मिलेमा तुरुन्त मर्ज भइहाल्छ । मिलेन भने हुँदैन । दुवै पक्ष सकारात्मक भएमा ‘क्लिक’ हुन समय लाग्दैन । प्रक्रिया लामो होला ।
तपाईं आउनुअघि बैंकमा एक किसिमको द्वन्द्व थियो । बैंकको नेतृत्व सम्हालेपछि बाहिर आएको छैन । मनपरेको सीईओ भएर हो ? 
मेरो तर्फबाट समस्या आउन नदिन भरसक कोसिस जारी रहन्छ । दुई पक्षका बीचमा विवाद भएमा मिलाउने प्रयास हुन्छ । लाभ लिनका लागि एउटा पक्ष यस्तो भन्दै थियो भन्ने र अर्को पक्षको नराम्रो कुरा सुनाउँदा समस्या सिर्जना हुन्छ ।

म एक अर्काको राम्रो कुरा मात्र सुनाउनेछु । आवश्यक र चाहिने कुरा मात्र गर्छु । यसअघि मिडियामा आएका कुरा हुन् । अहिलेसम्म ६ महिनामा १४ पटक सञ्चालक समितिको बैठक बसिसकेको छ । यसबीचमा ‘स्मुथ’ रूपमा बैठकमा ‘प्रोफेसनल’ रूपमा छलफल भइरहेको छ । बिजनेस एजेन्डामा समस्या छैन । व्यक्तिगत असहमति होला । तर, त्यो बैंक बाहिर छ । 

सनराइज डिजिटल बैंकिङमा पछि परेको हो ? 

हैन, हामी यसमा अघि छौं । ‘प्रोडक्ट इनोभेसनमा’ हाम्रो राम्रो छ । ‘ब्रान्डिङ’ खर्च गरेर हुने नगरे नहुने भन्ने हैन । ‘प्रोडक्ट सर्भिस’ र ‘इनोभेसनमा’ राम्रो काम भएको छ । हामीले क्यासभन्दा डिजिटलमा जोड दिइरहेका छौं । 

उद्योग व्यवसायी सधैं घाटामा र बैंकहरू सधैं नाफामा भइरहने आरोप लाग्ने गरेको छ । यसमा तपाईंको बुझाइ के हो ? 

यहाँले बुझ्नु भएको छ । मबाट निकाल्ने कोसिस गर्नुभएको मात्र हो । ‘ओभर द पिरियड अफ टाइम’ यो बैंक १४ वर्ष पूरा भएको छ । आजको दिनमा सनराइज सुस्त छ भन्नु भएको थियो । आजको दिनमा बैंकले जम्मा भएको पैसा र नाफाबाट आएको रकम पुनः बैंकमै लगानी गरेको छ । चाहे त्यो रेगुलेटरी होस् वा अन्य कारण हो । त्यो पैसाको प्रतिफल कति छ । ‘रिर्टन अन इक्विटी’ १० प्रतिशत बढी छ ।  अरू व्यवसायमा पारदर्शी कति छ । सोहीअनुसार प्रतिफल कति दिएको छ, त्यो हेर्नुहोस ।

हामीले एउटा स्टिल उद्योगको अध्ययन गर्दा एक वर्षमा झण्डै बैंकको जति नाफा भएको पायौं । यस्तो अवस्थामा बैंकको नाफा धेरै भन्न मिल्दैन । अझै स्टिल उत्पादक कम्पनी वा अन्य उत्पादनमूलक कम्पनीको वित्तीय अवस्था कहिले तल कहिले माथि जान्छ । बैंकको ‘रिर्टन अन इक्विटी’ १० प्रतिशत रिर्टन कम हो । कोभिडका कारणले बैंक पनि नोक्सानमा जान्थ्यो होला ।

केन्द्रीय बैंकले गत वर्ष ‘रिल्याक्सेन’ दिएर बचाएको छ । यदि यसो नगरेका भए बैंकको नाफा देखिन्दैन थियो । कोभिडका बेला बैंकको नाफा बढिरहेको यो कारणले गर्दा हो । उद्योग भोलि रिभाइभ गरेर पुनः पहिलाको जस्तो काम गर्छ गर्दैन भन्ने कुरा छ । त्यसलाई मध्यनजर गरेर प्रोभिजनिङ हटाइयो  । यसले बैंकको नाफा बढायो । यो वर्षको मौद्रिक नीति रोचक छ । पर्यटन क्षेत्रलाई पेनाल्टी चार्ज लिन नपाइने र असारसम्मको ब्याज पार्क गरेर राख्नुपर्ने भनेको छ । बैंकको एनपीए नहुने भयो । प्रोभिजन नहुने भयो ।

बैंकहरूले मार्जिन लेण्डिङमा कर्जा दिन छाडेको कुरा आएको छ । सनराइजले पनि बन्द गरेको हो ? 

प्रतिबद्धता गरेको कर्जा दिनुपर्छ । अफर लेटर दिएर कस्टमरले स्वीकार गरेपछि कर्जा दिनुपर्छ । ४ करोड सीमा पुगेको भए बेग्लै कुरा हो । नत्रभने दिनुपर्छ । 

आइतबार​ ६ भदौ २०७८ १२:१४ PM मा प्रकाशित

प्रतिक्रिया