बिहीबार, मंसिर १६ २०७८ ०३:२४ PM

×

दक्षिण कोरियासँगको श्रम सम्झौता एक वर्षअघिनै सकियो,बल्ल नविकरणको प्रक्रिया सुरु

images

काठमाडौं । नेपाली श्रमिकहरुको लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियासँगको श्रम सम्झौता सकिएको १ वर्ष पुरा हुदा समेत नविकरण हुन सकेको छैन । एक वर्ष अघि(२०२० को सेप्टेम्बर २०)देखि नै सम्झौता सकिएपनि अहिलेसम्म नविकरण हुन नसकेको हो ।

श्रम र परराष्ट्र मन्त्री पटक पटक फेरबदल हुँदा कोरियासँग सम्झौता नविकरण हुन सकेको थिएन । दक्षिण कोरियाले पटक पटक सम्झौताका लागि ताकेता गर्दापनि श्रम मन्त्रालयले ठोष निर्णय लिन नसकिरहेको बेला नवनियुक्त श्रम मन्त्री किशान श्रेष्ठले चासोका साथ काम अगाडी बढाएका छन् ।

श्रम मन्त्री श्रेष्ठले शुक्रबार नै परराष्ट्र मन्त्री डा.नारायण खड्कालाई भेट गरी दक्षिण कोरियासँगको सम्झौता नविकरणका लागि आवश्यक पहल गर्न अनुरोध गरेका छन् ।

श्रम मन्त्रालयले २०७७ भदौमा नविकरणका लागि फाइल पेश गरेपनि ठोश सहमति हुन सकेको थिएन । कोरियाले नेपालले लिने परिक्षा प्रणालिमा आशंक्का गर्दै आइरहेको बेला नविकरण समेत हुन नसकेको हो ।

मन्त्री श्रेष्ठले जुनसुकै मुल्य चुकाएर भएपनि कोरियासँगको सम्झौता नविकरण गरि छाड्ने प्रतिबद्धता जनाएका छन् । ’म कुनैपनि हालतमा कोरियाको रोजगारी गुमाउन चाहन्न,मन्त्री श्रेष्ठले भने,इपिएस शाखाको विल्डिङको काम तत्कालै अगाडी बढाउछु’ ।

अहिले सम्झौता लिखित रुपमा नविकरण पत्रमा हस्ताक्षर नभएपनि मौखिक सहमतिका आधारमा तत्कालै पहिलो चरणमा ५० जना कामदार त्यस तर्फ पठाउन लागेको समेत उनले बताए ।

कोरियाको रोजगारीको विषयमा शुक्रबार परराष्ट्र मन्त्री खड्कासँग भेट गरी जुनसुकै हालतमा नविकरण गर्नुपर्ने र त्यसो गर्न नसके हामी दुबैको निधारमा कालो दाग लाग्ने निष्कर्षमा आफुहरु पुगेकोले तत्कालै यो काम दुबै मन्त्रालयले अगाडी बढाउने सहमति भएको उनको भनाई छ ।
अहिले कोरियाका लागि परिक्षा पास गरेर बसेकाहरु र विदामा आएकाहरु समेत फर्कन पाएका छैनन् । 
 

शुक्रबार​ ५ कात्तिक २०७८ ०७:०९ PM मा प्रकाशित

प्रतिक्रिया