बिहीबार, मंसिर १६ २०७८ ०३:४२ PM

×

आगलागीबाट प्लाई उद्योगमा पाँच करोडको क्षति

images

विर्तामोड नगरपालिका–२ मा रहेको कनकाई प्लाई उद्योगमा आगलागी हुँदा पाँच करोडबराबरको क्षति भएको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भई आगो लागेको बुझिएको छ । उद्योगमा लागेको आगो १२ घण्टापछि मात्रै आगो नियन्त्रणमा आएको थियो ।

बिर्तामोड, मेचीनगर, भद्रपुर, दमक, गौरादह नगरपालिका, कमल गाउँपालिका र मोरङको उर्लाबारीबाट आएका दमकल, प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालय अनारमनीका प्रहरी प्रमुख सन्तोष आचार्यले बताए ।

विर्तामोड–४ का विकास गोयल र दुर्गा भण्डारीले सञ्चालन गर्दै आएको उद्योगमा प्लाईका लागि चाइनाबाट आयात गरिएको महँगो कच्चापदार्थ रहेको थियो । आगलागी हुनुको ठोस कारण र यकिन क्षतिका बारेमा अनुसन्धान भइरहेको प्रमुख आचार्यले बताएका छन् ।

 

सोमबार ६ मंसिर २०७८ ०३:३८ PM मा प्रकाशित

प्रतिक्रिया