×

ललितपुर १ मा उदयशम्शेर अघि बढे, ३ मा तोसिमाको अग्रता कायमै 

images

काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर राणाले अग्रता लिएका छन् । मतगणना सुरु भएदेखि नै नेकपा एमालेका उम्मेदवार नवराज सिलवालसँग पछि पर्दै आएका राणा पछिल्लो परिणाममा भने झिनो मत अन्तरले अगाडि आएका हुन् ।

राणाले ८ हजार ५९७ मत प्राप्त गर्दा सिलवालले ८ हजार ४३१ मत पाएका छन् । उनीहरुबीचको मत अन्तर १६६ छ ।


राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सचिन घिमिरेले १०६१ र राप्रपाका सन्दीप आचार्यले ७०६ मत पाएका छन् ।

ललितपुर क्षेत्र नं। २ मा नेकपा एमालेका प्रेमबहादुर महर्जन विजयी भइसकेका छन् । भने क्षेत्र नं। ३ मा राष्ट्रिय स्वतन्त्र उम्मेदवार तोसिमा कार्की अगाडि छिन् ।

मङ्गलबार ६ मंसिर २०७९ ०६:१२ AM मा प्रकाशित

प्रतिक्रिया