आरएमडीसी लघुवित्तले २० प्रतिशत लाभांश दिने

कम्पनीले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी २० प्रतिशत लाभांश वितरण गर्ने भएको हो । गएको वर्ष कम्पनीले ५ प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

आरएमडीसी लघुवित्तले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी २० प्रतिशत लाभांश वितरण गर्ने भएको हो । गएको वर्ष कम्पनीले ५ प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

कम्पनीले ७ करोड २६ लाख ७२ हजार रुपैयाँ बराबरको बोनस र करसहित उत्ति नै परिमाणमा नगद वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांश राष्ट्र बैङ्कको स्वीकृतिपश्चात् आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।