×

निर्वाचन आयोगले सोध्यो अर्थ मन्त्रालयलाई २४ घण्टे स्पष्टीकरण 

images

काठमाडौं । अर्थ मन्त्रालयलाई बजेट रकमान्तरबारे  निर्वाचन आयोगले  २४ घण्टे स्पष्टीकरण मागेको छ । 

आयोगले निर्वाचनको घोषणा भएपश्चात् स्वीकृत वार्षिक बजेटभन्दा पृथक हुने गरी अर्थ मन्त्रालयबाट कुन–कुन मन्त्रालय र निकायहरुमा के कति रकमान्तर भएको हो भन्दै २४ घण्टाभित्र विवरण पेस गर्न निर्देशन दिएको हो । 

“नेपाल सरकारबाट मिति २०७९/४/ १९ मा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति तोकिएपश्चात् व्यवस्थापिका संसदबाट आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत वार्षिक बजेटभन्दा पृथक हुने गरी अर्थ मन्त्रालयबाट कुन-कुन मन्त्रालय र निकायहरुमा के कति रकम कुन-कुन योजना तथा कार्यक्रमहरुमा रकमान्तर निकासा र स्रोत सुनिश्चित गरिएको छ छैन भन्ने विषयमा नेपाल सरकारका अर्थ सचिवबाट २४ (चौबीस) घण्टाभित्र निर्वाचन आयोग नेपाललाई प्राप्त हुने गरी विवरण पेस गर्न निर्देशन दिएको छ,” आयोगले जनाएको छ ।

शुक्रबार​ ७ असोज २०७९ ०१:४९ PM मा प्रकाशित

प्रतिक्रिया