×

भारी मतान्तरले एमाले अध्यक्ष ओली झापाबाट निर्वाचित 

images

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट  निर्वाचित भएका छन् ।

पूर्व प्रधानमन्त्री ओलीले ५२ हजार ३१९ मत पाएका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत पाए ।
ओली २८ हजार ५७६ मतअन्तरले विजयी भएका हुन् ।

तेस्रो स्थानमा रहेका राष्ट्रय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ११ हजार ७४३ मत पाए । ओलीको संसदमा प्रवेश छैठौं पटक हो ।

बुधबार ७ मंसिर २०७९ ०७:०४ PM मा प्रकाशित

प्रतिक्रिया