आइएमई लिमिटेड र समय रेष्टुरेन्टबीच सम्झौता

आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले उक्त रेष्टुरेन्टमा उपलब्ध खानाका परिकार र पेय पदार्थमा १० प्रतिशत विशेष छुट पाउने सम्झौता भएको हो ।

आइएमई लिमिटेड र समय रेष्टुरेन्टबीच सम्झौता भएको छ ।

आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले उक्त रेष्टुरेन्टमा उपलब्ध खानाका परिकार र पेय पदार्थमा १० प्रतिशत विशेष छुट पाउने सम्झौता भएको हो ।

समय रेष्टुरेन्ट तथा बारका सबै आउट लेटमा यो सम्झौता लागू हुनेछ । यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड आउटलेटमा देखाउनुपर्नेछ ।

सम्झौतापत्रमा आइएमई लिमिटेडका तर्फबाट ब्यापार प्रवर्द्धन अधिकृत अविनाश श्रेष्ठ र समय रेष्टुरेन्ट तथा बारको तर्फबाट अपरेशन इन्चार्ज प्रशन्न अधिकारीले हस्ताक्षर गरेका छन् । यो सम्झौता १५ गतेदेखि एकवर्ष सम्मलागू हुने कम्पनीले जनाएको छ ।