बर्सेनि घट्दै फिक्स्ड लाइन प्रयोगकर्ता

नेपालका ६ दूरसञ्चार सेवाप्रदायकमध्ये तीन कम्पनीले मात्र फिक्स्ड लाइन सेवा दिए पनि जुन रुपमा बढ्नुपर्ने हो, त्यो रुपमा नबढेको प्राधिकरणका कर्मचारी नै स्वीकार गर्छन् । सबैको हातमा स्मार्टफोन र दुईओटा सिम छन् । जसकारणले पनि फिक्स्लाइनमा सेवाग्राही आकर्षित नभएको प्राधिकरणको भनाइ छ ।

नेपालमा मोबाइल प्रयोगकर्ता मासिक उल्लेख्य रुपमा बढ्दै जाँदा फिक्स्ड लाइन प्रयोग गर्नेको सङ्ख्या बर्सेनि घट्दो क्रममा छ । दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको एमआईएस रिपोर्टका आधारमा २०७१ देखि ०७५ को हालसम्म आठ लाख जनामै फिक्स्ड लाइन प्रयोग सीमित छ, जसमध्ये २०७१ भदौमा आठ लाख ३३ हजार चार सय ६९ थिए । २०७२ मा एक हजार आठ सय ९० जना थपिँदै आठ लाख ४६ हजार तिन सय ५९ जना फिक्स्ड लाइन प्रयोगकर्ता पुगेको प्राधिकरणको भनाइ छ । त्यसैगरी ०७३/७४, सालमा क्रमशः आठ लाख ५४ हजार ९ सय ४१, ८ लाख ५७ हजार दुई सय ६१ थिए ।

तर चालू आर्थिक वर्षको भदौसम्म फिक्स्ड लाइन प्रयोग गर्ने सङ्ख्या गतवर्षको तुलनामा घटेको छ । चालू आर्थिक वर्षमा भदौमा आठ लाख ५३ हजार एक सय १७ पुगेका छन् । एनटीएको यो तथ्याङ्क हेर्दा फिक्स्ड लाइनबाट सञ्चालन हुने पीएसटीएन र वायेरलेस नेटवर्कमा एक सेवाप्रदायक कम्पनी टेलिकममा मात्र उपभोक्ता आकर्षित छन् । अहिले फिक्स्ड लाइनमा दुई प्रकारका सेवा पीएसटीएन र वायरलेस छन् । नेपाल टेलिकमले फिक्स्ड लाइनमा एकछत्र राज गर्दै आएको छ । टेलिकमले मात्र ग्राहकलाई ९५ प्रतिशतभन्दा बढी सेवा उपलब्ध गराएको छ भने वायरलेसमा पनि टेलिकम नै अगाडि छ ।

नेपालका ६ दूरसञ्चार सेवाप्रदायकमध्ये तीन कम्पनीले मात्र फिक्स्ड लाइन सेवा दिए पनि जुन रुपमा बढ्नुपर्ने हो, त्यो रुपमा नबढेको प्राधिकरणका कर्मचारी नै स्वीकार गर्छन् । सबैको हातमा स्मार्टफोन र दुईओटा सिम छन् । जसकारणले पनि फिक्स्लाइनमा सेवाग्राही आकर्षित नभएको प्राधिकरणको भनाइ छ ।

फिक्स्ड लाइन बर्सेनि घट्नुको मुख्य कारण मोबाइल पपुलर भएकाले पनि यसतर्फ मासिको क्रेज घट्दै गएको एनटीएका वरिष्ठ निर्देशक पुरुषोत्तम खनाल बताउँछन् । उनका अनुसार नेपालमा मात्र नभई विश्वव्यापी रुपमा यसको प्रयोग बिस्तारै सेलाउँदै गएको छ ।

मोबाइल प्रयोग उच्च

मोबाइल प्रयोगकर्ता महिनमा तीनदेखि चार लाखको दरले वृद्धि हुँदै गएको तथ्याङ्क छ । एमआईएस रिपोर्टमा भदौमा मात्र तीन करोड ८८ लाख ९० हजार चार सय ५९ प्रयोगकर्ता पुगेका छन् । गत साउनको तुलनमा झन्डै तीन लाखले मोबाइल प्रयोगकर्ता बढेका छन् । अहिले गाउँदेखि सहरसम्म सबैको हातमा स्मार्टफोन भएकाले पनि फिक्स्ड लाइन प्रयोग घटेको प्राधिरणले जनाएको छ ।