×

काठमाडौंमा पाँचतारे होटल ‘फरेस्ट इन’ अक्टुबरदेखि सञ्चालनमा आउने, २ अर्ब ६० करोड लगानी 

images

काठमाडौं । राजधानीमा पुनः अर्को पाँचतारे होटल थपिने भएको छ । निजी लगानीमा काठमाडौंको बूढानीलकण्ठमा  फरेस्ट इन पाँचतारेस्तरको होटल सञ्चालनमा आउन लागेको हो । 

images

झापाको धुलाबारीमा पाँचतारे होटल इस्टर्न निर्माणाधीन, अर्को वर्षदेखि सञ्चालनमा आउने 

६१ करोड १२ लाख रुपैयाँबराबरको वित्तीय व्यवस्थापन भइसकेको छ । बाँकी रकम छिट्टै व्यवस्थापन हुने जानकारी इस्टर्नले दिएको छ । यस्तै इक्विटीतर्फको १०० प्रतिशत लगानी भइसकेको छ । 

होटल आगामी ४ महिनामा अर्थात अक्टुबरदेखि व्यवसायिक रुपमा सञ्चालनमा ल्याउने तयारी भएको छ । 

होटलको ९० प्रतिशत काम सकिएको निर्माण कम्पनीले जानकारी दिएको छ । १ लाख ४२ हजार ७८३ स्क्वायर फिट क्षेत्रफलमा फैलिएको होटलमा ११५ वटा कोठाहरु हुनेछन् । तीमध्ये १०३ मा डिलक्स, ६ वटा स्वीट र ६ वटा किङसाइजका कोठाहरु हुनेछन् । 

होटल बनाउन २ अर्ब ५९ करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये १ अर्ब ८६ करोड ८० लाख रुपैयाँ ऋण र बाँकी ७२ करोड ७० लाख रुपैयाँ स्वपुँजी (इक्विटी) बाट जुटाइएको छ । 

होटलमा ७२ प्रतिशत बैंकको ऋण र बाँकी २८ प्रतिशत संस्थापकको इक्विटी हुने गरी लगानी संरचना तयार पारिएको छ । 

१ अर्ब ४० करोड ८० लाख रुपैयाँ वित्तीय व्यवस्थापन भइसकेको छ । बाँकी रकम पनि छिट्ट व्यवस्थापन हुने फरेस्ट इनले जनाएको छ ।  

होटलले १ अर्ब ४३ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । केयर रेटिङ नेपाललले होटल फरेस्ट इनको ऋणलाई डबल बी माइनस रेटिङ दिएको छ । 

होटलमा फुड एन्ड बेभरेज सेवाका साथै, क्यासिनो, स्विमिङ पुल, बैंकेट हल, रेष्टुराँ, कन्सफेरेन्स हल र स्पालगायत अन्य धेरै सुविधा रहने बताइएको छ । 

सामान्यतया, होटलहरूलाई रिकभर गर्न लामो समय चाहिन्छ । प्रिमियम होटललाई तीनदेखि चार वर्ष लाग्ने छ भने सञ्चालनमा स्थिरता आउन अझै दुईदेखि तीन वर्ष लाग्न सक्छ । नेपाली बैंकिङ क्षेत्रमा अस्थायी ब्याजदरको अवस्था रहेको छ । जहाँ त्रैमासिक आधार दरमा निश्चित प्रिमियम थपिन्छ ।  त्रैमासिक आधारमा ब्याज दर परिवर्तन हुँदा होटलको आम्दानीमा असर पर्ने देखिन्छ ।

होटलको अध्यक्षमा दीपक खड्का रहेकाछन् । खड्काले उनको जलविद्युत् र पर्यटनका साथै अन्य क्षेत्रमा समेत लगानी रहेको छ । 

होटल इस्टर्नमा पनि उनको लगानी रहेको छ । सो होटल हाल निर्माणाधीन अवस्थामा छ । 

होटलले अन्तर्राष्ट्रिय होटल ब्रान्डका लागि इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (आईएचजी) सँग लाइसेन्स सम्झौता  गरेको छ । 

होलिडे इनको एक अमेरिकी आधारित मिडस्केल होटल चेन हो । होलिडे इन होटल एन्ड रिसोर्ट ब्रान्डले १ हजार १९२ होटल सञ्चालन गर्छ ।  लाइसेन्स सम्झौताअन्तर्गत होलिडे इन होटल र रिसोर्टले यसको अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्नका लागि सहयोग गर्नेछ । 

आईएचजी को मापदण्ड, प्राविधिक सहयोग, व्यावसायिक प्रशिक्षण, ग्राहक आरक्षणअनुसार पर्यवेक्षण प्रदान गर्न, बुकिङ र मार्केटिङ सेवाहरू, प्रणाली कार्यान्वयन, परामर्श सेवाहरू आदि प्राप्त गर्ने भएको छ ।  

स्थापित सेवा, ठूलो ग्राहक आधार, मार्केटिङ सहायता र पहिले नै व्यापक ब्रान्डको थप लाभको साथ होटल होटल अतिथि बुकिङ चलाउन मान्यता पाएको छ ।

यो होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ११ को दूरीमा बूढानीलकण्ठको केन्द्रमा अवस्थित छ । नेपालको सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्यमध्येको एक हो जहाँ हरेक वर्ष ठूलो संख्यामा पर्यटकहरु आउने गरेका छन् । 
 
 

शुक्रबार​ १० असार २०७९ ०३:१५ PM मा प्रकाशित

प्रतिक्रिया