काठमाडौं । ललितपुर महानगरपालिकाले ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको बजेट ल्याएको छ । महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमपछि बजेट आएको हो ।
महानगरपालिकाबाट कालोपत्रे भएको भएका सडकहरु कम्तीमा २ वर्षसम्म खन्न स्वीकृति नदिने महानगरले लिएको छ । महानगरले कल सेन्टर चलाउने नीति तथा बजेटमा रहेको छ ।
महानगरपालिकाले उपभोक्ता समितिबाट निर्माण गराउँदा विश्व सम्पदा सूचीमा परेका बाहेक अन्य सबै योजनामा लागत जनसहभागिता १० प्रतिशत अनिवार्य गरिने नीतिमा लिइएको छ ।
प्रतिक्रिया