×

कैलाली–४ मा कांग्रेसका वीरबहादुर बलायर निर्वाचित

images

कैलाली । कैलाली–४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायर प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । गत आइतबार सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनको भर्खर सम्पन्न मतगणनामा उनले नेकपा (एमाल)का लेखराज भट्टलाई पराजित गरेका छन्।  

नवनिर्वाचित बलायरले २६ हजार १ सय ७१ मत पाउँदा भट्टले २२ हजार ५ सय ३३ मत पाउनुभएको हो । उनीहरुको मतान्तर ३ हजार ४ सय ३८ छ ।

विसं २०७० मा डोटीबाट निर्वाचित भएका बलायरले भौतिक पूर्वाधारमन्त्रीको  जिम्मेवारी सम्हालेका थिए। अघिल्लो निर्वाचनमा उनले तत्कालीन एमालेका प्रेमबहादुर आलेसँग पराजित भएका थिए। 

बिहीबार ८ मंसिर २०७९ ०८:४८ AM मा प्रकाशित

प्रतिक्रिया