बिहीबार, मंसिर १६ २०७८ ०३:११ PM

×

गुण एयरलाइन्सद्वारा पोखरा-भरतपुर नियमित उडान सुरू

images

काठमाडौं ।  गुण एयरलाइन्सले बुधबारबाट पोखरा-भरतपुर नियमित उडान सुरु गरेको छ। आन्तरिक पर्यटनलाई टेवा पुर्याउने उद्देश्यका साथ सुरु गरिएको उडानको पहिलो दिनमै यात्रुहरुबाट साथ पाएकाले थप हौसला मिलेको एयरलाइन्सले बताएको छ।

गुणले बिहीबारदेखि पोखरा-भैरहवा र शुक्रबारदेखि पोखरा-नेपालगन्ज अन्तर प्रदेश उडानसमेत दैनिक रुपमा भर्ने भएको छ। यसबाट आन्तरिक पर्यटन प्रबर्द्धनलाई ठूलो मद्दत पुग्ने कम्पनीको विश्वास छ।

उडान भरतपुर-पोखरा जोड्ने पुलका रुपमा हुने हुँदा यात्रुलाई सहज पुग्ने अपेक्षा एयरलाइन्सको छ। आफ्ना दुइवटा अमेरिकी बिचक्राफ्ट र बेलायती  पाँच जेट्स्ट्रीमसहित कुल ७ विमानबाट  गुण एयरलाइन्सले यसअघि नै काठमाडौंबाट भरतपुर, पोखरा , भैरहवा , नेपालगन्ज,  तुम्लिङटार  विराटनगर सिमरा र जनकपुरमा भने नियमित उडान गरिरहेको छ। गुण एयरलाइन्सले केही समयमै सुर्खेत र भद्रपुरका लागि उडान भर्ने गरी तयारी गरिएको  छ।

बुधबार ८ मंसिर २०७८ ०४:३२ PM मा प्रकाशित

प्रतिक्रिया