×

गोरखा १ मा  कांग्रेसका राजेन्द्र बजगाईं विजयी

images

गाेरखा । प्रतिनिधिसभा सदस्य गोरखा– १ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं भारी मतान्तरले विजयी भएका छन् । भर्खर सम्पन्न मतगणनामा उनले ३३ हजार ४ सय २८ मत प्राप्त गरी प्रतिनिधिसभामा आफ्नो यात्रा तय गरेका हुन् । 

सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रामशरण बस्नेतले  १६ हजार ७ सय ८५ मत प्राप्त गरेका छन् । 

बजगाईंले एमालेका बस्नेतलाई १६ हजार ६ सय ४३ मतको फराकिलो अन्तरले हराएका हुन् । विजयी बजगाईं वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका  थिए। विसं २०७४ को प्रदेशसभाको निर्वाचनमा भने एमालेका बस्नेतसँग बजगाईं पराजित भएका थिए। 

बिहीबार ८ मंसिर २०७९ ०८:३८ AM मा प्रकाशित

प्रतिक्रिया