काठमाडाैं। सरकारले क्रसर उद्योग खाेल्न दिने निर्णय गरेकाे छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले क्रसर उद्योग प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो।
कुनै पनि निश्चित आयोजनाका लागि मात्रै भनेर खोलिएका क्रसर उद्योगहरू आयोजना सम्पन्न वा बन्द भएको पाइएमा उद्योग पनि बन्द हुनेछन्। तर, व्यक्तिगत वा आयोजनाभन्दा छुट्टै सञ्चालनमा रहेका उद्योगहरूलाई कानुनी प्रावधानमा आउन मौका दिने तयारीमा गृह मन्त्रालय रहेको छ।
क्रसर उद्योग सञ्चालनमा लचिलो बन्दै गृह मन्त्रालय
क्रसर उद्योग प्रतिबन्धका कारण देशभरि निर्माण कार्य ठप्प भएपछि सरकारले क्रसर उद्योग बन्द नगर्ने निर्णय गरेकाे हाे।
उद्योग विभागले ३ वटा मात्रै क्रसर तथा खानी उद्योग दर्ता भएको जनाए पनि महासंघ भने ५ सय बढी उद्योग दर्ता भएको बताउँछ। जसबाट करिब ५० हजारले प्रत्यक्ष र २ लाख बढी व्यक्तिले अप्रत्यक्ष रूपमा रोजगारी पाएको महासंघले जनाएको छ।
उद्योग विभागका एक कर्मचारी भन्छन्, ‘घरेलु तथा साना उद्योगमा दर्ता भएका वा २०७७ को मापदण्ड पहिलाका उद्योगहरू धेरै होलान् तर, हामीसँग अहिलेको पूरा गरेका उद्योगको विवरण हुन्छ।’
नियमभित्र बस्न किन चाहदैनन् क्रसर उद्योगी ?
यससँगै क्रसर उद्योग खाेल्न पाइने भएकाे छ। तर, केही समय दिएर प्रतिबन्ध फुकुवा गर्ने निर्णय सरकारले गरेकाे हाे। आगामी असारसम्म दर्ता गर्ने समय पनि दिइएकाे छ।
काठमाडाैं। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले क्रसर उद्योगमा देखिएको समस्या समाधानका ला...
‘क्रसर सञ्चालनका लागि नयाँ मापदण्ड बनाइने छ’
गत पुस २० मा गृह मन्त्रालयले अबैध क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको थियो। त्यही निर्णयका आधारमा देशभरिका सबै क्रसर उद्योग बन्द गरिएका थिए।
नुवाकोट । नुवाकोटमा रहेका सबै क्रसर तथा बालुवा प्रशोधन उद्योग अवैध पाइएसँगै ताला लगाइएको छ । गृह मन्त्रालयको यही पुस २० को निर्द...
नुवाकोटका अवैध २२ क्रसर उद्योगमा ताला
काठमाडौं। सरकारले अवैध रुपमा सञ्चालनमा रहेका गिट्टी, बालुवा, ढुंगा उत्खनन गर्ने उद्योगहरु बन्द गराउन दिएको निर्देशनपछि नेपाल निर...
क्रसर उद्योग बन्दले निर्माणाधीन आयोजना समयमा सम्पन्न नहुने
कपिलवस्तु। जिल्लमामा अवैधरुपमा सञ्चालनमा रहेका १५ क्रसर उद्योग बन्द गराइएको छ । गत पुस २० गते गृह मन्त्रालयले ७७ वटै जिल्ल...
कपिलवस्तुका मापदण्डविपरीतका ३३ क्रसर उद्योग बन्द
प्रतिक्रिया