बिहीबार, मंसिर १६ २०७८ ०२:५३ PM

×

माघमा सानिमा बैंकबाट बाहिरिँदै भुवन दाहाल, ‘इनहाउस ग्रुम’ गर्दैछ बैंकले नयाँ सीईओ !

images

काठमाडौं । सानिमा बैंकबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहाल बाहिरिनु २ महिना अघि नै बैंकले नयाँ सीईओ इनहाउसबाटै तयार पारेको छ । 

दाहाल आगामी माघ १२ गते ४ वर्षको दोस्रो कार्यकाल पूरा गरी बैंकबाट बाहिरिँदै छन् । उनी बाहिरिनु अघि नै बैंकले नायव प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेलाई सीईओको रुपमा अघि सारेको छ । 

बैंक सञ्चालकले बैंक व्यवस्थापनलाई मौखिक रुपमा आगामी सीईओको रुपमा पाण्डेलाई परिचय गराइसकेको छ । पाण्डे नबिल बैंकबाट सानिमा बैंक गएका हुन् । पाण्डे बैंकको ‘रिक्स तथा क्रेटिड’ विभागका लागि अब्बल मानिन्छन् । 

सञ्चालक समितिले दाहाल बाहिरिनु अघि नै पाण्डेलाई नियुक्ति पत्र दिने तयार गरेको बैंकका एक सञ्चालकले क्यापिटल नेपाललाई जानकारी दिए । 
 

बिहीबार ९ मंसिर २०७८ ०४:५८ PM मा प्रकाशित

प्रतिक्रिया