क्यापिटल नेपाल डटकमको सम्पादकमा बाबुराम खड्का

स्नातकोत्तर अध्ययन पूरा गरेका खड्कासँग नेपाल समाचारपत्र दैनिक, कारोबार दैनिक र बाह्रखरी डटकममा काम गरेको अनुभव छ । आर्थिक क्षेत्रको रिपोर्टिङ गरिरहेका उनी यसअघि विकास न्युज डटकममा सम्पादक थिए ।

काठमाडौं : बिजनेस नेपाल म्यानेजमेन्ट प्रालिद्वारा सञ्चालित क्यापिटल नेपाल डटकमको सम्पादकमा बाबुराम खड्का नियुक्त भएका छन् । १७ वर्षदेखि आर्थिक पत्रकारितामा सक्रिय खड्कालाई आइतबार व्यवस्थापनले सम्पादक नियुक्त गरेको हो ।

स्नातकोत्तर अध्ययन पूरा गरेका खड्कासँग नेपाल समाचारपत्र दैनिक, कारोबार दैनिक र बाह्रखरी डटकममा काम गरेको अनुभव छ । आर्थिक क्षेत्रको रिपोर्टिङ गरिरहेका उनी यसअघि विकास न्युज डटकममा सम्पादक थिए ।

खड्कालाई स्वागत गर्र्दै क्यापिटल बिजनेस म्यागजिनका सम्पादक लोकबहादुर चापागाईंले आर्थिक पत्रकारितालाई थप उचाइमा पुर्याउन उनको ठूलो योगदान हुने बताए । यसअघि क्यापिटल नेपाल डटकमको समेत सम्पादक रहेका चापागाईंले अनलाइन संस्करणको सल्लाहकार सम्पादकका रुपमा जिम्मेवारी सम्हाल्नेछन् ।

नवनियुक्त सम्पादक खड्काले टिमवर्कले मात्रै सोचेको प्रगति हासिल हुने बताए । आर्थिक पत्रकारितालाई मर्यादित एवम् विश्वसनीय बनाउन आफूले सक्दो पहल गर्ने उनको भनाइ छ ।