×

इन्फोसिसका सीईओको तलब ८८ प्रतिशतले बढ्यो, कति खान्छन् मासिक ?

images

विश्वप्रसिद्ध टेक कम्पनीका सीईओ सलिल पारेखको तलब व्यापक वृद्धि भएको छ ।

यो वृद्धि सानोतिनो होइन, पूरै ८८ प्रतिशतको हो ।

तलब बृद्धिपछि पारेखको वार्षिक तलब ६७.२ करोड नेपाली रुपैयाँबाट १ अर्ब २७ करोडभन्दा बढी पुगेको छ । यस हिसाबले उनकाे मासिक तलब झन्डै साढे १० कराेड हुन्छ । 

कम्पनीले तलब वृद्धिपछि प्रतिक्रिया दिँदै सलिलको नेतृत्वमा इन्फोसिसले तीव्र प्रगति गरेको बताएको छ ।

सन् २०१८ मा पारेखले इन्फोसिसमा प्रबन्ध निर्देशक एवं सीईओको पदभार ग्रहण गरेका थिए । त्यसअघि उनी २५ वर्षसम्म क्यापजेमिनीमा कार्यरत थिए । 
 

बिहीबार १२ जेठ २०७९ ०५:३२ PM मा प्रकाशित

प्रतिक्रिया