×
images

प्लास्टिक मेलाको तेस्रो संस्करण सुरु,  उद्यमी र ग्राहकको जम्काभेट (फोटोफिचर)

काठमाडाैं । प्लास्ट नेपाल फाउन्डेसनकाे आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा देशकै ठूलो प्लास्टिक मेला सुरु भएको छ । मेला यही जेठ १२ देखि १४ गतेसम्म आयोजना हुँदैछ।

प्रदर्शनीमा प्लास्टिकजन्य उत्पादन, यसका कच्चापदार्थ र मेसिनरी उपकरण गरी अहिलेसम्म एक सयभन्दा बढी स्टल रहेको बताइएको छ । जसमध्ये एक तिहाइ स्टल नेपाली प्लास्टिक उद्योगीहरुको स्टल रहने आयोजकले जनाएको छ।

प्लास्टिक उद्योग र उद्यमीहरुको प्रवर्द्धन गर्नकै लागि प्रदर्शनी आयोजना गरिएको प्लास्ट नेपाल फाउन्डेसनका अध्यक्ष राहुलकुमार अग्रवालले जानकारी दिए । 

५०० भन्दा बढी प्लास्टिक उद्योग नेपालमा स्थापना भइसकेका छन् । ५० हजारभन्दा बढी रोजगारी सिर्जना भएको छ। हाम्रो जस्तो आय कम भएको देशमा प्लास्टिक उद्योगले धेरै सुलभ र सस्तो विकल्प दिन सक्षम भएको छ। अरु सामाग्री प्रयोग गरेर कुर्सी बनाउँदा र प्लास्टिकबाट बनाउँदा त्यसको मूल्यमा कति फरक पर्छ, त्यसको उपयोगितामा कति फरक पर्छ, यसमा ध्यान दिन जरुरी छ ।

बिहीबार १२ जेठ २०७९ ०२:४५ PM मा प्रकाशित

प्रतिक्रिया