×

उपकार लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति ? 

images

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले नेपाल स्टक एक्सचेञ्न ‘नेप्से’मा आईपीओ सूचीकृत गरेको छ । लघुवित्तले सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको आईपीओ र संस्थापकहरुले लगानी गरेको सेयर नेप्सेमा सूचीकृत गरेको हो । 

लघुवित्तले कुल ६ लाख ५६ हजार २५० कित्ता सेयर सूचीकृत गरेको छ ।  लघुवित्तले सर्वसाधारण लगानीकर्ताहरुलाई वितरण गरेको २ लाख ३६ हजार २५० कित्ता र संस्थापकहरुले लगानी गरेको ४ लाख २० हजार कित्ता शेयर गरी सो बराबरको सेयर नेप्सेमा सूचीकृत भएको छ ।

नेप्सेले लघुवित्तको सेयरलाई न्यूनतम  ४ सय ३ रुपैयाँ ९१ पैसा देखि १ हजार २ सय ११ रुपैयाँ ७३ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ । त्यस अनुसार शुक्रबार दोस्रो बजारमा कारोबार खुल्नेछ । नेप्सेले लघुवित्तको सेयरलाई यूएलबीएसएल कारोबार संकेत प्रदान गरेको छ ।

बिहीबार १२ जेठ २०७९ ०४:१७ PM मा प्रकाशित

प्रतिक्रिया