×

काठमाडौंमा नेपाल बैंकको थप चारवटा शाखा सञ्चालनमा, देशभर २१७ शाखा

images

काठमाडाैं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नेपाल बैंकले एकै दिन चारवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। 

साे बैंकले टोखा नगरपालिका-६ टोखा रोडस्थित ग्रिनल्याण्ड, नार्गाजुन नगरपालिका-१ स्थित रानीवन चोक, काठमाडौं महानगरपालिका-१३ को रिङरोड सीतापाइला चोक र वडा नंं. ९ पुरानो बानेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। यससँगै नेपाल बैंकको शाखा संख्या २ सय १७ पुगेको छ। 

बिहीबारदेखि सञ्चालनमा आएका नयाँ शाखाहरूमध्ये ग्रिनल्याण्ड शाखाको उद्घाटन नेपाल सरकारका सचिव एवं नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्याल तथा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले गरेका हुन्। यसबाहेक अन्य तीन शाखाहरूमा सफ्ट लञ्चसहित कारोबार सुरू गरिएको छ।

ग्रिनल्याण्ड शाखाको उद्घाटन समारोहमा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले ग्रिनल्याण्डमा नेपाल बैंकको शाखा स्थापना भएसँगै नगरबासीलाई वित्तीय कारोबार गर्न सहज बनाउने बताए। 

बैंकको नेपालभर २ सय १७ शाखा, १ सय ७९ एटीएम र ४८ वटा एक्सटेन्सन काउन्टरमार्फत  सेवा प्रदान  गरेको छ। 

बिहीबार १२ जेठ २०७९ ०५:३५ PM मा प्रकाशित

प्रतिक्रिया